सिन्धुपाल्चोक: दोलखाबाट काठमाडौं आउँदै गरेको शैलुङ्गेश्वर यातायातको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको छ। सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेका अनुसार मृतकको सनाखत भने हुन सकेको छैन ।
आइतबार दिउँसो दोलखाको शैलुङ गाउँपालिकाको माघापौवाबाट शैलुंगेश्वर यातायातको बा २ ख ७२४५ नम्बरको बस चौतारा सांगाचोकगढी गाउँपालिकाको ९ सुकुटेमा दुर्घटना भएको थियो। बसमा ३४ जना यात्रु सवार थिए।
शैलुङ्गेश्वरी यातायातको बस दिउँसो सवा एक बजे नदीमा खसेको हो। घटनास्थलमा रहेका ट्राफिक प्रहरीका अनुसार अहिले सम्म एक बालिका, ४ महिला र ४ पुरुषको शव निकालिएको छ।
डिएसपी काफ्लेका अनुसार १२ जनालाई उद्धार गरी बनेपा अस्पतालमा उपचारका लागि पठाइएको छ । अन्यको उद्धार कार्य जारी छ ।
प्रकाशित | १७ कार्तिक २०७६, आईतवार १५:०५