बाँके बस दुर्घटनामा घाइते हुनेहरुको परिचय खुल्यो, मृतकहरुको भने सनाखत हुन बाँकी (अपडेट )

नेपालगञ्ज: नेपालगन्जबाट सल्यान जादै गरेको ना ५ छ ५९९५ नम्बरको फोर्स गाडी दुर्घटनामा परि घाइते भएकाहरुको परिचय खुलेको छ । गए राती सल्यान जादै गरेको सो यात्रुबाहक फोर्स गाडी विग्रेर उभिएको ट्रकमा ठोक्किदा दुर्घटना भएको थियो ।

बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर २, मा आइतबार राती सो फोर्स गाडी दुर्घटना हुँदा घट्नास्थलमै ११ जनाको निधन भएको थियो । सो दुर्घटनामा परि घाइते भएका २२ जना मध्ये गम्भीर रहेका १ जनाको भेरी अस्पतालमा सोमवार विहान मृत्यु भएको थियो ।

बाँकेको अगैया नजिकै जंगलमा भएको गाडी दुर्घटनाका घाइते सबैको जनाको परिचय खुलेको हो । बाँके प्रहरीका अनुसार घाइते मध्ये सल्यानका धेरै छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते हुनेहरुमा दाङका ४५ बर्षिया मेघराज केसी, दाङ तुल्सीपुरका ३९ बर्षिय विष्णु गिरी, २३ बर्षिय रुपलाल केसी, दाङको राजपुर गाउँपालिका ६ का २० बर्षिय दिपेश चौधरी, सोही गाउँपालिका वडा नं. २ का २१ बर्षिय जीवन घर्ती, दाङ जिल्लाका २० बर्षिया भरत थापा रहेका छन् ।

दुर्घटनामा रोल्पाको त्रिबेणी गाउँपालिकाका ७ का १७ बर्षिय सुनिल परियार, सोही ठाउँका २० बर्षिय बिरेन्द्र परियार, १८ बर्षिय पुरन परियार, रोल्पाका ५२ बर्षिय नर ब. बिक, रोल्पाका ४० बर्षिया दिल ब.बिक रहेका छन् ।

त्यस्तैगरि, सल्यान जिल्लाका शारदा नगरपालिका ६ का टीका चलाउने, बनगाड कुपिण्डे नगरपालिकाका २० बर्षिय मिनराज बिक, सिद्धकुमाख गाउँपालिका ५ का तेज बहादुर बुढाथोकी, सल्यानका १८ बर्षिय धन बहादुर बोहरा, सिद्धकुमाख ४ का २८ बर्षिय लोकेश घर्ती, सल्यानकै ५२ बर्षिय दीपबहादुर बुढा, सल्यान जिल्लाका शिव भण्डारी, सिद्धकुमाख गाउँपालिका ५ का २६ बर्षिय निमबहादुर बादी, १८ बर्षिय देबेन्द्र बुढाथोकी र १७ बर्षिय ज्ञान बहादुर। बोहरा रहेको रहेको बाँके प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सबैभन्दा बढि सल्यानका रहेका छन् । मृतकहरुको भने सनाखत हुन बाँकी छ ।


प्रकाशित | १९ जेष्ठ २०७७, सोमबार १२:२१