‘मिस्टर नेपाली’को अमेरिकामा प्रिमियर हुने

काठमाडौँ : फिल्म ‘मिस्टर नेपाली’को प्रदर्शन अगावै अमेरिकामा प्रिमियर गर्ने तयारी गरिएको छ ।  निर्माणपक्षको अनुसार नोभेम्बर १० र १२ मा चलचित्रको प्रिमियर अमेरिकामा हुन लागेको हो । प्रेमराज दाहालको निर्माण तथा देव भुषालको निर्देशनमा तयार भएको उक्त फिल्म कार्तिक २९ गतेबाट नेपालमा रिलिज हुँदैछ ।

हस्टन टेक्सासमा रहेको २९४९ डनभेल रोडमा अमेरिकी समय अनुसार बिहान ११ बजे चलचित्रको प्रिमियर हुन लागेको हो । यस्तै, यही मितिमा अमेरिकी समय अनुसार दिउँसो ३ बजे ८५०५ वाल्टर्न बीएलभीडीमा यो चलचित्रको प्रिमियर हुनेछ ।

यस्तै, अमेरिकाको सान फ्रान्सिस्को क्यालिफोर्नियामा नोभेम्बर १२ मा चलचित्रको प्रिमियर हुन लागेको हो । १११५ सोलानो एभेनी, अल्बानी सीए यूएसमा यो चलचित्रको प्रिमियर हुनेछ । अमेरिकी समय अनुसार बेलुकी साढे ६ बजे चलचित्रको प्रिमियर हुन लागेको हो ।

फिल्ममा नायक भूवन केसी, नायिका रीमा विश्वकर्माको साथमा नव कलाकारद्धय साहिल श्रेष्ठ र कुसुम राउतको मुख्य भूमिका रहेको छ ।


प्रकाशित | १६ कार्तिक २०७६, शनिबार १०:५३