एनआरएनए आइसिसी उपाध्यक्षमा यमकुमार (त्रिलोक) गुरुङको उम्मेदवारी घोषणा

काठमाडौ : गैर आवासीय नेपाली संघ (एनआरएनए) आइसिसी उपाध्यक्षमा यमकुमार (त्रिलोक) गुरुङले उम्मेदवारी घोषणा गर्नुभएको छ । आगामी अक्टोवरमा काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा गुरुङले आइसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

एनआरएन अभियानमा लामो समयदेखि सक्रियतापूर्वक लाग्दै आउनुभएको गुरुङले विश्वभरीका अग्रज तथा साथीहरुको मागअनुसार उम्मेदवारी दिने निर्णय बमोजीम आइसिसी उपाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको हो । एनआरएनमा काम गर्ने ब्यक्तीको अभाव भएको भन्दै चौतर्फी गुनासो भइरहेको बेला गुरुङको उम्मेदवारी घोषणालाई निकै चासोका साथ हेरिएको छ ।

एनआरएन नेतृत्वमा काम गर्न सक्ने, सक्षम, योग्य र संस्थामा योगदान गरेको ब्यक्ती आए मात्र उपाध्यक्षमा उम्मेदवारी दिने मनसाय राख्नु भएको गुरुङले सबैको दबाबअनुसार उम्मेदवारी घोषणा गर्नुभएको हो ।

एनआरएनमा काम गर्ने, योगदान गरेको, सक्षम र योग्य ब्यक्ती आउँनुपर्छ भन्ने विश्वभरीका सबैको माग र दबाबका कारण आफूले उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय लिएको गुरुङले बताउनुभयो ।  संस्थामा राम्रो लोकप्रियता कमाउनु भएको गुरुङले संघको संस्थागत रुपान्तरणको लागि आफनो उम्मेदवारी भएको बताउनुभएको छ ।

एनआरएनए पूर्व अध्यक्ष शेष घलेले ल्याउनुभएको भिजन ट्वान्टी ट्वान्टी  एन्ड वियोण्ड कार्यान्वयन , नेपाली नागरिकताको निरन्तरताको मुद्दालाई कार्यान्वयन तहमा पुर्याउन, महिला तथा युवा सशक्तीकरणको लागि, मुलुकको सम्मृद्धिको लागि लगानी बढाउन, विदेशमा रहेका गैर आवासीय नेपालीहरुले सिकेको ज्ञान, सिप र प्रविधि हस्तान्तरण गर्न, पर्यटन क्षेत्रको विकास गर्न, वैदेशिक रोजगारीमा दक्ष नेपाली जनशक्तीको  टेवा पुर्याउन, एनआरएनएका मेगा प्रोजेक्टलाई कार्यान्वयनमा लग्न (एनआरएन भवन, लाप्राक प्रोजेक्ट), वैदेशिक रोजगार कल्याणकारी कोषलाई ब्यवस्थित गर्नलगायतका आफना प्रमुख मुद्दा रहने बताउनुभयो ।

नेपालको पर्यटन, ऊर्जा, शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा ठूलो लगानी गरिरहनु भएको गुरुङले नेपालमै सबैभन्दा ठूलो वायोग्यासदेखि अन्तराष्टियस्तरको रिसोट खोल्ने कार्य समेत अगाडि बढाइरहनु भएको छ ।

एनआरएनमा पूर्व अध्यक्ष शेष घलेसँग अत्यन्तै निकट भएर काम गर्नुभएको गुरुङ धेरै बोल्ने भन्दा बढी कामलाई प्राथमिकता दिने स्वभावको हुनुहुन्छ । एनआरएनमा लिन आउने होइन, आफूले सकेको योगदान गर्ने र सामाजीक कार्य गर्न जाने भन्ने भावना राख्नुहुने गुरुङ एनआरएनएको संस्थागत रुपान्तरणमा विशेष जोड समेत दिनुहुन्छ ।

एनआरएनए हङकङको दुई कार्यकाल अध्यक्ष, एनआरएनए एसिया प्याशिफिक संयोजक हुँदै आइसिसी सल्लाहकार सम्मको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसक्नु भएको गुरुङ संस्थाको लागि आवश्यक ब्यक्तीको रुपमा समेत पर्नुहुन्छ ।


प्रकाशित | ३० भाद्र २०७६, सोमबार ०१:००