फ्लाई दुबईलाई नियमविपरीत उडान अनुमति

काठमाडौं : नेपाल वायुसेवा निगमलाई ४ मिनेट नदिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले फ्लाई दुबईलाई भने नियमविपरीत १७ मिनेट ढिला उडान अनुमति दिएको छ । मंगलबार राति साढे ८ बजे विमानस्थलमा अवतरण गरेको फ्लाई दुबई ९ बजे नै फर्किनु पर्ने थियो । तर उसले अन्तर्राष्ट्रिय नियमविपरीत विमानस्थल बन्द नोटाम अर्थात नोटिस टु एयरमेन (उड्डयनकर्तालाई सूचना) जारी गरेको समयमा जहाज उडाएको छ ।

चैत्र १८ देखि राति १० बजेपछि मर्मतका लागि विमानस्थल बन्द हुने गरको छ । यो समयमा उडान रोकिनु पर्ने भए पनि फ्लाई दुबईलाई नोटाम सुरु भएको समयमा उडान गर्न विमानस्थल कार्यालयको भनाइ छ । अघिल्लो मंगलबार भने निगमको जहाजले ४ मिनेट मात्र ढिलो हुँदा उडान रोकिनु परेको थियो । फ्लाई दुबईले ढिलो गर्दा पनि अनुमति पाएपछि यसको आलोचना भएको छ । यो समाचार राजु बास्कोटाले अन्नपूर्णमा लेख्नुभएको छ ।


प्रकाशित | २८ चैत्र २०७५, बिहीबार ०८:५८