११ वर्षपछि बढ्यो भिसा शुल्क

काठमाडौं : सरकारले ११ वर्षपछि विदेशीका लागि भिसा शुल्क वृद्धि गरेको छ । सरकारले विदेशी पर्यटकलाई न्यूनतम १५ दिनको भिसा दिँदै आएको छ । नयाँ दस्तुरअनुसार भिसा शुल्क ३० अमेरिकी डलर पु(याइएको छ । यसअघि उनीहरूले २५ डलर तिर्दै आएका थिए । त्यस्तै ३० दिनको बहुप्रवेशी भिसाको शुल्क ४० बाट ५० तथा ९० दिनको भिसा शुल्क सयबाट एक सय २५ अमेरिकी डलर पुरयाइएको छ ।

पर्यटक भिसाको म्याद थप्न विगतमा प्रतिदिन दुई डलर लाग्थ्यो । अब तीन डलर लाग्नेछ । म्याद थप अवधिका लागि बहुप्रवेशी भिसा शुल्क विगतमा २० डलर रहेकोमा २५ डलर पु(याइएको छ । भिसाको म्याद सकिएर नियमित गर्नुपर्ने अवस्थामा अब एक दिनको पाँच डलर लाग्छ । पहिले यो शुल्क तीन डलर थियो । भिसा शुल्क वृद्धि नभएको करिब ११ वर्ष भएकाले समसामयिक बनाइएको अध्यागमन विभागका प्रवक्ता रामचन्द्र तिवारीले बताए । १ साउन ०६५ देखि भिसा शुल्क बढेको थिएन । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा छ ।


प्रकाशित | ६ जेष्ठ २०७६, सोमबार ०८:१२