हालेपलाई पहिलो विम्बल्डनको उपाधि

एजेन्सी:  पूर्व विश्व नम्बर एक सिमोना हालेपले विम्बल्डन टेनिसको उपाधि जितेकी छिन् । शनिबार भएको फाइनलमा सेरेना विलियम्सलाई पराजित गर्दै हालेप च्याम्पियन बनेकी हुन् । रोमानियाकी सातौं वरियता प्राप्त हालेपले अमेरिकाकी सेरेनालाई ६-२ र ६-२ को सेटमा पराजित गरिन् । सेरेनाविरुद्ध जित निकाल्न हालेपले ५६ मिनेटको समय निकालिन ।

योसँगै हालेपले पहिलो पटक विम्बल्डन टेनिसको उपाधि जित्न सफल भएकी छिन् । हालेप विम्बल्डन टेनिसको उपाधि जित्ने पहिलो रोमानियाकी खेलाडी समेत बनिन् । हालेपको यो दोस्रो ग्राण्डस्लाम उपाधि समेत हो  ।  पुरुषतर्फको उपाधिका लागि नोभाक जोकोभिक र रोजर फेडेररबीच खेल हुनेछ ।


प्रकाशित | २८ असार २०७६, शनिबार २१:५१