‘सम्झना बिर्सना’मा पूजा र आकाशको जोडी

काठमाडौँ : नायीका पूजा शर्मा र नायक आकाश श्रेष्ठको जोडीलाई फिल्म ‘सम्झना बिर्सना’मा देखिने भएको छ ।  उक्त फिल्म ‘सम्झना बिर्सना’को राजधानीस्थित भद्रकाली मन्दिरमा शुभ मुहूर्त गरिएको छ । भरखरै शुभ मुहर्त गरिएको फिल्म ‘सम्झना बिर्सना’ पूजा र आकाशको जोडीमा बन्न लागेको चौथो फिल्म हो ।

निमेष प्रधानले निर्देशन गर्ने फिल्म दार्जीलिङ, सिक्किम र नेपालमा खिचिने बताइएको छ । आदित्य प्रधान र रेविका प्रधानले निर्माण गर्ने फिल्ममा सुनिल थापा, शिशिर राणा र सिक्किमकी नयाँ कलाकार चाँदनी प्रधानको पनि मुख्य भूमिका रहनेछ ।


प्रकाशित | १४ कार्तिक २०७६, बिहीबार ०८:५१