कांग्रेसका महासमिती सदस्य हरिबोल भण्डारीद्धारा शुभकामना आदान प्रदान तथा चियापन कार्यक्रम

काठमाडौं : नेपाली कांग्रेस काठमाडौँ निर्वाचित क्षेत्र नं ३ महासमिति सदस्य तथा संयुक्त राज्य अमेरिकाका बरिष्ठ समाज सेवी युवा नेता तथा मिलनसार व्यक्तित्व हरिबोल भण्डारीले एक भब्य शुभकामना आदनप्रदान तथा चियापन कार्यक्रम आयोजना गर्नुभएको छ ।

हालै सम्पन्न गैर आवासीय नेपाली संघको आइसिसी सल्लाहकारमा चयन हुनुभएको भण्डारीले नेपाली कांग्रेसमा आस्थावान नेता तथा कार्यकर्ताको सहभागितामा भब्य रुपमा शुभकामना तथा चियापन कार्यक्रम आयोजना गर्नुभएको हो ।

भण्डारीले जोरपाटीमा आयोजना गर्नुभएको दशैँ, तिहार, छठ शुभकामना आदन प्रदान तथा चियापान कार्यक्रममा बुद्धिजीवी, शुभचिन्तक, केन्द्रीय नेता तथा स्थानिय नेता कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो।

नेपाली कांग्रेस केन्द्रीय स्तरका नेताहरु महेश श्रेष्ठ, विमलेन्द्र बडु, रामशरण महत्त, नेपाल तरुन दलका जीतजंंग बस्नेत, काठमाडौं जिल्ला सभापति सबुज बानिञाँ लगायत स्थानीय नेता तथा कार्यकर्ता को बाक्लो उपस्थिति थियो।

भण्डारीले उपस्थित व्यक्तित्वहरुला शुभकामना .ब्यक्त गर्नुहुँदै पार्टीको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्ने ईच्छुक जाहेर गर्नुभएको छ । भण्डारीले राजनीति मार्फत समाज सेवा गर्ने आफ्नो इच्छा रहेको कुरा व्यक्त गर्नुहुँदै नेकपाको सरकारलाई दुई तिहाइको दम्ब नदेखाउन पनि चुनौती दिनुभयो। यसलाई पररास्त गर्न नेपाली कांग्रेसको काँधमा ठूलो जिम्मेवारी आइ परेको पनि उहाँले धारणा व्यक्त गर्नुभयो ।


प्रकाशित | ६ कार्तिक २०७६, बुधबार २२:०५