दक्षिण एसियाली नेटबलमा नेपाल चौंथो

काठमाडौं :  घरेलु भूमिमा भएको पहिलो संस्करणको दक्षिण एसियाली यु–१६ नेटबल च्याम्पियनसिपमा नेपालले चौंथो स्थान हासिल गरेको छ । च्याम्पियनसिप अन्तर्गत मंगलबार तेस्रो स्थानको लागि भएको खेलमा माल्दिभ्ससँग पराजित भएपछि नेपाल चौंथो भएको हो ।

लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा नेपाललाई माल्दिभ्सले ३५-२५ ले पराजित गर्यो । र, माल्दिभ्सले तेस्रो स्थान हासिल गर्यो । च्याम्पियनसिपको फाइनलमा भने भारत र श्रीलंकाले मंगलबार नै प्रतिस्पर्धा गर्नेछ । नेपाल नेटबल संघले आयोजना गरेको च्याम्पियनसिपमा दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको थियो ।


प्रकाशित | ५ कार्तिक २०७६, मंगलवार २०:५९