भोजपुरमा विमानको उडान परीक्षण सफल

भोजपुर : जिल्लाको टक्सार विमानस्थलमा नेपाल एयरलायन्सको नयाँ जहाजले उडान परीक्षण सफल गरेको छ । नेपाल एयरलायन्सको नयाँ विमान (वाई बाह्र) ले आज परीक्षण उडान भरेको हो । नयाँ उडानको पूर्वीपहाडी क्षेत्रमा यो दोस्रो रहेको नेपाल वायुसेवा निगमले जनाएको छ ।  अबका दिनमा जहाजले आवश्यकताअनुसार उडान भर्ने निगमका स्टेशन प्रमुख दिनेश कोइरालाले जानकारी दिनुभयो ।7

वाइलट आङ नुरी शेर्पाले जहाजका लागि टक्सार विमानस्थल अनुकूल पाइएको प्रतिक्रिया दिनुभएको निगमले जनाएको छ । नयाँ जहाजमा १७ जनाको सिट क्षमता रहेको छ । अहिले निगमको ट्वीनअटर जहाजले भोजपुर–काठमाडौँ बुधबारबाहेक हप्तामा छ दिन र भोजपुर–विराटनगर हप्तामा दुई दिन आइतबार र बिहीबार उडान भर्दै आएको छ ।


प्रकाशित | २२ श्रावण २०७६, बुधबार १८:४४