एनआरएनएको नवौ विश्व सम्मेलनको तयारी पूरा, सम्मेलनमा ८१ मुलुकका २ हजार ५ सयको सहभागिता

काठमाडौं: गैर आवासीय नेपाली संघको नवौ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । भोलीदेखि काठमाडौको होटेल हायात रिजेन्सीमा हुन लागिरहेको संघको नवौ विश्व सम्मेलनको तयारी पूरा भएको हो । सम्मेलनमा ८१ मुलुकका गैर आवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागीहरु गरी करिव २ हजार ५ सयको सहभागिता रहने छ ।

यस वर्ष संघको नयां नेतृत्व समेत चयन हुँदैछ । सम्मेलन “म, मेरो एन आर एन ए र मेरो नेपाल“ मूल विषयमा आधारित भएर यस वर्षको नवौं गैर आवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महाधिवेशन २०७६ असोज २८–३० गतेसम्म अर्थात १५–१७ अक्टोवर २०१९ मा काठमाडौंमा आयोजना गरिने भएको छ ।

सन् २००३ मा स्थापना भएको संघ २०१९ सम्म आइपुग्दा नेपालीहरूको उपस्थिति भएका ८० भन्दा बढी मुलुकमा संघको राष्ट्रिय समन्वय परिषदहरू गठन भएर अभियानमा सक्रिय छ । हातमा हात मिलाएर सबै हात एकै साथ भन्ने मूल भावका साथ नेपालको समृद्धिको यात्रामा दौडीरहेको छ ।

यस वर्षको विश्व सम्मेलन पनि विगतमा झैं नेपाल सरकार, नेपाल उद्योग वाणिज्य महासंघ र गैरआवासीय नेपाली संघको संयुक्त आयोजनामा हुन गइरहेको छ । सम्मेलनको समुउद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुहुनेछ भने समापान प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ ।

उक्त सम्मेलन आयोजनाका लागि नेपाल सरकार परराष्ट्र मन्त्रको अध्यक्षतामा एक उच्चस्तरीय आयोजक समितिको गठन भएको थियो । आयोजक समितिमा नेपाल सरकारका प्रतिनिधिहरु र सरोकारवाला संघ संस्थाका अध्यक्षहरू रहनु भएको छ । यसैगरी संघको आन्तरिक आयोजक समिति संघका अध्यक्ष भवन भट्टको अध्यक्षतामा गठन भएको थियो ।

सम्मेलनको मूल विषय “म, मेरो एन आर एन ए, र मेरो नेपाल“ मा आधारित भएर विभिन्न महत्वपूर्ण सत्रहरू चल्ने छन् । सम्मेलनमा नेपाल सरकार, राजनीतिक दल, उद्यमी व्यवसायीहरू, मुलुकको उद्योग व्यवसाय र आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नागरिक समाज, समाजसेवी र सञ्चारकर्मीहरुको सहभागिता रहने छ । कार्यक्रम विहान ९ बजेदेखि शूरु हुनेछ ।  यस्तो छ निर्वाचन सम्बन्धी तालीका :-


प्रकाशित | २७ आश्विन २०७६, सोमबार १७:०४