प्राकृतिक प्रकोप पीडितको राहतका लागि तुरुन्त जुटन तथा सहयोग गर्न सबै एनसिसीलाई आग्रह

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएन ) आईसिसीले प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लाका विभिन्न स्थानहरुमा आइतवार साँझ आएको हावाहुरीबाट पीडितको लागि राहत संकलनमा जुट्न सबै एनसिसीलाई आग्रह गरेको छ । एनआरएन प्रवक्ता भूषण घिमिरेले एक प्रेस बिज्ञप्ति जारी गर्दै राहत संकलनमा जुट्न अपिल गर्नुभएको हो ।

ठूलो मात्रामा जनधनको क्षति हुने गरी भएको घटनामा धेरै व्यक्तिको निधन भएकोमा गहिरो शोक व्यक्त गर्दै शोकाकुल परिवारहरुमा समवेदना ब्यक्त गरेको छ । साथै घटनामा परी घाइते हुनु भएका व्यक्तिहरुको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

बिज्ञप्तिमा एनआरएन भनीएको छ, ‘प्राथमिक चरणको आवश्यक राहतका लागि संघ जुटि सकेको छ । यसका साथै गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद, राष्ट्रिय समन्वय परिषद लगायत अभियान्ताहरुमा यस राहत कार्यका लागि तुरुन्त जुटन तथा सहयोग गर्न आग्रह गर्दछ । यसरी नै संघ यस विपद घडीमा सबै सरोकारवालाहरुलाई राहत कार्यमा सघाउन हार्दिक अनुरोध गर्दछ ।’

 


प्रकाशित | १८ चैत्र २०७५, सोमबार १५:०६