काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए) कोषाध्यक्ष उम्मेदवार महेश श्रेष्ठ बलियो बन्दै जानु भएको छ । सबै पक्षबाट साझा उम्मेदवार बन्दै जानु भएको श्रेष्ठ बलियो बन्दै जानुभएको हो । श्रेष्ठलाई नेकपा र कांग्रेस दुवै पार्टीले समर्थन गर्दै संयुक्त रुपमा साझा उम्मेदवार बन्नुभएको छ ।
विशेष गरि श्रेष्ठलाई कुनै टिमको भन्दा साझा उम्मेदवारको रुपमा खडा गर्दै जाँदा यस पटक एनआरएनएले कोषाध्यक्षमा सक्षम र योग्य ब्यक्ती पाउने भएको छ । संस्थामा आइपर्ने जस्तोसुकै चुनौती र आर्थिक संकटलाई सामाना गर्ने क्षमता राख्नुहुने श्रेष्ठको जीत एनआरएनए संस्थाको लागि महत्वपूर्ण रहेको देखिन्छ । किनकी कोषाध्यक्ष उम्मेदवारमध्ये सबैभन्दा सक्षम, सालीन, इमानदार र राम्रो छवी श्रेष्ठको रहेको पाइन्छ ।
कम बोल्ने स्वभावको श्रेष्ठ काममा विश्वास गर्ने भएकै कारण सबैको रोजाईमा पर्नुभएको हो । त्यसैले श्रेष्ठलाई जिताउने मात्र नभई दुई तिहाई भन्दा बढी बहुमतले जिताउनु सबै प्रतिनिधिको कर्तब्य हुन आएको देखिन्छ । श्रेष्ठले संस्थालाई अगाडि बढाउन चार मन्त्र प्रस्तुत गर्नुभएको छ । श्रेष्ठले संस्थामा पारदर्शीता, इमानदारीता, मितब्ययिता र ठोस कार्ययोजनाु मन्त्र अगाडि सार्नुभएको हो ।
एनआरएनए अभियानमा योगदान :-
१. केन्द्रीय सदस्य NRNA (२०१७-०१९ )
२. संयोजक: नेपालको संविधानमा एनआरएनका अधिकार सम्वन्धी समिति (२०१७-०१९ )
३. क्षेत्रिय संयोजक: एनआरएनएको विधान संसोधन तथा निमावली निर्माण सुझाव समिति (२०१७-०१९ )
४. सदस्य : एनआरएनएको विधान संसोधन तथा निमावली निर्माण सुझाव समिति (२००७-०९ , २०१३-२०१७ )
५. सह -संयोजक : व्यापार तथा लगानी प्रवर्धन समिति (२०१७-०१९ )
६. सदस्य : व्यापार तथा लगानी प्रवर्धन समिति ((२०१३-०१७ )
यस्ता छन् प्रतिवद्दताहरू:-
१. वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरि गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्नेछु । उक्त कोषको स्थापना तथा सञ्चालनका लागि संवन्धित पक्षहरुसंग छलफल अगाडी बढाई सकिएको छ०
२. गैरआवासीय नेपाली संघ ९एनआरएनए०को आर्थिक हिसाब किताब अझ वैज्ञानिक तथा पारदर्शी रुपमा राखिने छ । आर्थिक हिसाब किताब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गरिनेछ । संघको अनुमातिक वार्षिक आय–व्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइट मार्फत सार्वजनिक गरिनेछ।
३. संघको काठमाडौं स्थित सचिवालयको खर्चमा मितव्ययिता अपनाई अझ व्यवस्थित बनाउनेछ साथै आर्थिक स्थायित्वको लागि आवश्यक नयाँ नीतिहरु तर्जुमा गर्नेछु ।
४. गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रिय महाधिवेशन एवं क्षेत्रीय बैठकहरुमा हुने खर्च तथा संघले सञ्चालन गर्ने परियोजनाहरुमा गरिने खर्चहरुमा मितव्ययिता, पारदर्शिता एवं आर्थिक अुशासन कायम गरिने छ ।
५. सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गरिनेछ ।
६. रु. १० अर्बको संयुक्त लगानी कोष स्थापना गरी थोरै आम्दानी हुने गैरआवासीय नेपालीहरुले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिने छ ।
७. खेलकुद अनि नेपाली भाषा, साहित्य र संस्कृतिलाई विशेष प्राथमिकता क्षेत्रमा राखिनेछ । युवा, महिला तथा दोस्रो पुस्ता पछि का गैरआवासीय नेपालीहरुको समस्या, चुनौति र अवसरका वारेमा गहन अध्ययन गरी स्वेतपत्र जारी गरिनेछ ।
८. भिजन २०२० एण्ड वियोण्ड एनआरएनका लागि मार्गदर्शक सिद्धान्त हो । विश्वभर छरिएर रहेका विभिन्न पेशा, वर्ग, क्षेत्र र विभिन्न समुदायका ६० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको साझा संगठनका रुप मा एनआरएनएलाई अघि बढाउन यसको सांगठनिक संरचना मा आवश्यकता अनुरुप परिवर्तन र परिमार्जन गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।
९. संघका मुख्य आधार स्तम्भहरु NRNA Foundation, Policy Institute, Knowledge and Skill Academy, Businesses and Investment Forum, Migration & Foreign Workers Welfare committee/Women and Youth Forum लाई मुख्य आधार बनाएर संघको उद्देश्य प्राप्तिको लागि आर्थिक योजनाहरु तर्जुमा गरिनेछ ।
१०.नेपालको संविधानको धारा २९१ ले विदेशमा स्थायी बसोबास अनुमति लिएका नेपाली नागरिकहरुको लागि गरेको व्यवस्थाको विरोधमा म सदैव लडिरहेको छु । संविधानको यसै धारा विरुद्ध मैले सर्वोच्च अदालतमा रिट समेत हालेको कुरा तपाई सबैलाई अवगत नै होला । म गैरआवासीय नेपालीहरुको हकहित र उनीहरुको नागरिकता तथा सम्पतिको अधिकार प्राप्तिको लडाईमा सदैव साथ रहिरहने छु । त्यसैगरी विदेशमा रहनु हुने नेपाली नागरिकको मतदानको अधिकारका लागि पनि वुलन्द आवाज उठाइ रहनेछु ।
प्रकाशित | २७ आश्विन २०७६, सोमबार ०९:२०