गायक प्रताप दासको सुमधुर आवाजमा ‘ढुङ्गा मुढा’ बजारमा

काठमाडौ : गायक प्रताप दासको सुमधुर आवाजमा सजिएको ‘ढुङ्गा मुढा’ बोलको गीत सार्वजनिक भएको छ । बहुप्रतिभाशाली कलाकार निर्देशक आदित्य बुढाथोकीको निर्देशनमा तयार ‘ढुङ्गा मुढा’ मा चर्चित मोडल दृश्य सुवेदी, रविना कार्की, बिमला हुमागाई, अंकित मल्लको आकर्षक अभिनयले भिडियो उत्कृष्ट बनेको छ ।

नेपाल आइडलबाट चर्चामा आएका गायक प्रताप दासको आकर्षक स्वरले सजिएको ढुंगा मुढाु बोलको गीतको भिडियोमा श्रीमान श्रीमतीमा हुने मनमुटाव र त्यसले ल्याउने पारिवारिक विचलनलाई सचित्र उतारेको छ ।

हालै मात्र रिलिज भएको उक्त गीतको शब्द रचना बिमला हुमागाईले गरेकी छिन् भने मिठासपूर्ण गीतलाई अझै उत्कृष्ट बनाउन संगीत भर्ने तथा एरेन्ज गर्ने काम भने मनोज सेङसन राईले गरेका छन् । कविता तोलाङीको शृङ्गार, मुकेश हुमागाईको छायाँकन रहेको भिडियोको सम्पादन तथा कलरिङ प्रकाश एस के ले गरेका छन् ।

निकै नै मर्मस्पर्शी रहेको ‘ढुङ्गा मुढा’ निकै नै उत्कृष्ट बनेको निर्देशक आदित्य बुढाथोकी बताउँछन् । नेपाली म्युजिक भिडियो मध्ये निकै पृथक बनाउने प्रयास गरेको बुढाथोकी बताउँछन् ।


प्रकाशित | १० असार २०७७, बुधबार २०:४३