‘सरौतो’को गीत दोस्रो गीत रिलिज (भिडियो )

काठमाडौँ : फिल्म ‘सरौतो’को ‘केही आधा’ बोलको गीत दोस्रो गीत रिलिज भएको छ । गीतमा पुष्पन प्रधानको शब्द, संगीत तथा स्वर छ । गीतमा फिल्मका मुख्य कलाकार सुमी मोक्तान र सन्नी सिंहको अभिनय रहेको छ ।

हरि हुँमागाईंको डेब्यू निर्देशन कार्तिक २२ मा रिलिज हुने फिल्ममा सुमीको भरपुर एक्सन दृश्य देखाइएको छ । फिल्ममा विजय लामा, सन्नी सिंह, धिरेन शाक्य, युवराज लामा, आमिर गौतम, लेओ टंक, सम्पदा दाहाल, अरुणा कार्कीको अभिनय रहेको छ ।


प्रकाशित | १२ आश्विन २०७६, आईतवार १४:०८