ग्लोबल आईएमई र नेपाल खुला विश्वविद्यालयबीच सम्झौता

काठमाडौं : ग्लोबल आईएमई बैंक र नेपाल खुला विश्वविद्यालयबीच शुल्क संकलनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा विश्वविद्यालयको तर्फबाट सचिव कमल ढकाल र बैंकको तर्फबाट बैंकका कीर्तिपुर शाखा प्रबन्धक शोभा न्यौपानेले हस्ताक्षर गर्नुभयो ।

सम्झौताअनुसार ग्लोबल आईएमई बैंकमा खाता खोलिसकेपछि नेपाल खुला विश्वविद्यालयका विद्यार्थीहरूले बैंकको मोबाइल एप्लिकेसन तथा अनलाइन बैंकिङमार्फत शुल्क तिर्न सक्ने भन्दै बैंकले हाल बैंकले आफ्ना १ सय ४५ शाखा, ३० वटा एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, १ सय ८८ शाखारहित बैंकिङ सेवा, १ सय ४८ एटीएम र ३ वटा अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयमार्फत ११ लाखभन्दा बढी ग्राहकलाई सेवाप्रदान गर्दै आएको पनि जनाएको छ ।


प्रकाशित | १२ आश्विन २०७६, आईतवार ०९:३२