अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजद्धारा काभ्रेका विभिन्न ठाउँमा स्वास्थ्य शिविर

काभ्रे : अन्तराष्ट्रिय काभ्रेपलाञ्चोक सेवा समाजले जिल्लाको कात्तिके देउरालीमा पाठेघर क्यान्सर सम्बन्धी निशुल्क परीक्षण तथा उपचार गराएको छ । समाजका अध्यक्ष दीपक खरेलका अनुसार परीक्षणमा १०२ जना महिलाहरू लाभान्वित भएका छन् ।

May be an image of 4 people and people standing

परिवार नियोजन संघ बनेपाको प्राविधिक सहयोगमा सञ्चालन गरिएको छ । त्यस्तै गरि पाँचखाल नगरपालिका वडा नम्बर ११ भगवती माबिमा पनि निशुल्क आँखा परिक्षण शिवीर सम्पन्न भएको छ ।

May be an image of 9 people, people standing and people sitting

शिविरमा २४७ जना नगरवासीहरू लाभान्वित भएका छन् भने १५० जनालाई निशुल्क चस्मा र औषधी उपलब्ध गराइएको थियो ।

May be an image of 6 people and people sitting

अध्यक्ष खरेलले सोही दिन विद्यालयमा अध्ययनरत गरिब, दलित तथा जेहेन्दार विद्यार्थीहरुलाई एक सय वटा स्कुल झोला पनि वितरण गरिएको बताउनु भयो ।

May be an image of 3 people, people sitting and indoor

May be an image of 1 person
May be an image of 6 people, child, people sitting, people standing and indoor

प्रकाशित | २२ कार्तिक २०७९, मंगलवार २१:५७