एनआरएनए आइसिसी कोषाध्यक्ष उम्मेदवार महेश श्रेष्ठका यस्ता छन् कार्ययोजना

काठमाडौं: गैर आवासीय नेपाली संघको अगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन लागिरहेको नवौ विश्व सम्मेलनमा जापानबाट आइसिसी कोषाध्यक्षमा उम्मेदवारी घोषणा गर्नुभएको महेश श्रेष्ठले श्रमीक वर्गलाई केन्द्रित गरेर निकै महत्वपूर्ण कार्ययोजना अगाडि सार्नुभएको छ । विशेष गरि एनआरएनको श्रमीक कल्याणकारी कोषलाई ब्यवस्थित बनाउने र कोषलाई श्रमीक वर्गको हितमा परिचालन गर्ने गरि आफनो कार्ययोजना अगाडि सार्नुभएको हो ।

तत्कालीन अध्यक्ष शेष घलेको पालानमा सन २०१५ मा स्थापना गरिएको थियो । एनआरएनको प्रमुख मद्दा श्रमीक वर्गमा केन्द्रित हुनुपर्ने भन्दै तत्कालीन अध्यक्ष घलेको पालामा स्थापना गरिएको सो कोषलाई ब्यवस्थित बनाउने मात्र नभई कोषलाई बलियो बनाएर उपयोग गर्नेसहितको कार्ययोजना श्रेष्ठले अगाडि सार्नुभएको हो ।

विगत १३ वर्ष अघि देखि गैरआवासीय नेपाली संघको अभियानमा सक्रियतापूर्वक लाग्दै आउनुभएको श्रेष्ठले अहिलेसम्म हासिल गर्नुभएको अनुभवको आधारमा संस्थालाई अगाडि बढाउन सहयोग गर्ने गरि कार्ययोजना अगाडि सार्नुभएको हो । । श्रेष्ठले वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरि गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने र उक्त कोषको स्थापना तथा सञ्चालनका लागि संवन्धित पक्षहरुसंग छलफल अगाडी बढ्ने प्रतिबद्धता समेत सार्वजनीक गर्नुभएको छ ।

बाग्लुङमा जन्मिएर पर्वतको कुश्मामा हुर्किएका श्रेष्ठ नेपाल एनआरएनभित्रको एक प्रभावशाली व्यक्तित्वका रुपमा चिनिनुहुन्छ ।  श्रेष्ठले एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेत्तृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने विश्वासका साथ कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभयो ।

बिगत धेरै वर्षदेखि फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने पद कोषाध्यक्ष नै भएकोले सो पदको लागि आफ्नो उम्मेदवारी उपयुक्त हुने बताउनुभयो ।

उहाँले सरकारी र सामाजिक क्षेत्रमा पनि उत्तीकै सक्रिय हुनुहुन्छ । नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत भइसक्नु भएको छ । पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकसम्मको अध्ययन सक्नु भएको उहाँले सोसोलोजी र एन्थ्रोपोलोजीमा स्नाकोत्तर गर्नुभएको छ ।

यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गर्नुभएको श्रेष्ठ हाल जापानको काएचु विश्वविद्यालयमा पीएचडी हासिल गर्ने क्रममा हुनुहुन्छ । जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको सीईओ, तोनान कम्पनीको अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, एसबिआई सिटी एस्प्रेस गोलोवलका निर्देशक समेत रहनु हुन्छ । उहाँ जेएनएन एग्रो कम्पनीका डाइरेक्टर पनि हुनुहुन्छ ।

उहाँको नेपालमा विभिन्न वैंकहरु, सिटी फाइनान्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर सिटी ट्राभल एण्ड टुर, आइटी, आयात तथा निर्यात कम्पनि, र विभिन्न हाइड्रोपावरमा समेत लगानी रहेको छ । श्रेष्ठले एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोजी देखि वर्तमान अध्यक्ष भवन भट्टसम्मको एनआरएनएको अभियानमा महत्वपूर्ण भूमिका खेल्नु भएको छ ।

उहाँले नेपालको संविधानको धारा २९१ ले बिदेशमा स्थायी बसोबास भिसा लिएकाहरुलाई ठूलो अन्याय गरेको भन्दै सर्बोच्च अदालतमा मुद्धा समेत दायर गर्नुभएको छ । श्रेष्ठले भन्नुभयो, ‘संविधानले बिदेशमा स्थायी बसोबास भिसा लिएर बसेकाप्रति विभेदपूर्ण व्यवस्था गरेको छ । त्यसका बिरुद्ध गैर आवासीय नेपालीहरुको हकहित र अधिकारको लागि कानुनी लडाई जारी छ ।

एनआरएनए अभियानमा योगदान :-

. केन्द्रीय सदस्य NRNA (२०१७-०१९ )

२. संयोजक: नेपालको संविधानमा एनआरएनका अधिकार सम्वन्धी समिति (२०१७-०१९ )

३. क्षेत्रिय संयोजक: एनआरएनएको विधान संसोधन तथा निमावली निर्माण सुझाव समिति (२०१७-०१९ )

४. सदस्य : एनआरएनएको विधान संसोधन तथा निमावली निर्माण सुझाव समिति (२००७-०९ , २०१३-२०१७ )

५. सह -संयोजक : व्यापार तथा लगानी प्रवर्धन समिति (२०१७-०१९ )

. सदस्य : व्यापार तथा लगानी प्रवर्धन समिति ((२०१३-०१७ )

यस्ता छन् प्रतिवद्दताहरू:-

१. वार्षिक ८ करोड रुपैयाँ संकलन हुनेगरि गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्नेछु । उक्त कोषको स्थापना तथा सञ्चालनका लागि संवन्धित पक्षहरुसंग छलफल अगाडी बढाई सकिएको छ०

२. गैरआवासीय नेपाली संघ ९एनआरएनए०को आर्थिक हिसाब किताब अझ वैज्ञानिक तथा पारदर्शी रुपमा राखिने छ । आर्थिक हिसाब किताब अन्तर्राष्ट्रिय मापदण्ड अनुसार डिजिटलाइज गरिनेछ । संघको अनुमातिक वार्षिक आय–व्यय तय गरी खर्चको विवरण प्रत्येक ३ महिनामा वेबसाइट मार्फत सार्वजनिक गरिनेछ।

३. संघको काठमाडौं स्थित सचिवालयको खर्चमा मितव्ययिता अपनाई अझ व्यवस्थित बनाउनेछ साथै आर्थिक स्थायित्वको लागि आवश्यक नयाँ नीतिहरु तर्जुमा गर्नेछु ।

. गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्द्रिय महाधिवेशन एवं क्षेत्रीय बैठकहरुमा हुने खर्च तथा संघले सञ्चालन गर्ने परियोजनाहरुमा गरिने खर्चहरुमा मितव्ययिता, पारदर्शिता एवं आर्थिक अुशासन कायम गरिने छ ।

५. सचिवालय सञ्चालन र परियोजनाका लागि सदस्यता शुल्क र पदाधिकारीको व्यक्तिगत सहयोगमा भर पर्नु पर्ने स्थितिको अन्त्य गरी आर्थिक दीगोपनका लागि वैकल्पिक स्रोतको खोजी गरिनेछ ।

. रु. १० अर्बको संयुक्त लगानी कोष स्थापना गरी थोरै आम्दानी हुने गैरआवासीय नेपालीहरुले पनि लगानी गर्न सक्ने वातावरण तयार गरिने छ ।

. खेलकुद अनि नेपाली भाषा, साहित्य र संस्कृतिलाई विशेष प्राथमिकता क्षेत्रमा राखिनेछ । युवा, महिला तथा दोस्रो पुस्ता पछि का गैरआवासीय नेपालीहरुको समस्या, चुनौति र अवसरका वारेमा गहन अध्ययन गरी स्वेतपत्र जारी गरिनेछ ।

. भिजन २०२० एण्ड वियोण्ड एनआरएनका लागि मार्गदर्शक सिद्धान्त हो । विश्वभर छरिएर रहेका विभिन्न पेशा, वर्ग, क्षेत्र र विभिन्न समुदायका ६० लाख भन्दा बढी गैरआवासीय नेपालीहरुको साझा संगठनका रुप मा एनआरएनएलाई अघि बढाउन यसको सांगठनिक संरचना मा आवश्यकता अनुरुप परिवर्तन र परिमार्जन गरिनुपर्छ भन्ने मेरो मान्यता रहेको छ ।

९. संघका मुख्य आधार स्तम्भहरु NRNA Foundation, Policy Institute, Knowledge and Skill Academy, Businesses and Investment Forum, Migration & Foreign Workers Welfare committee/Women and Youth Forum लाई मुख्य आधार बनाएर संघको उद्देश्य प्राप्तिको लागि आर्थिक योजनाहरु तर्जुमा गरिनेछ ।

१०.नेपालको संविधानको धारा २९१ ले विदेशमा स्थायी बसोबास अनुमति लिएका नेपाली नागरिकहरुको लागि गरेको व्यवस्थाको विरोधमा म सदैव लडिरहेको छु । संविधानको यसै धारा विरुद्ध मैले सर्वोच्च अदालतमा रिट समेत हालेको कुरा तपाई सबैलाई अवगत नै होला । म गैरआवासीय नेपालीहरुको हकहित र उनीहरुको नागरिकता तथा सम्पतिको अधिकार प्राप्तिको लडाईमा सदैव साथ रहिरहने छु । त्यसैगरी विदेशमा रहनु हुने नेपाली नागरिकको मतदानको अधिकारका लागि पनि वुलन्द आवाज उठाइ रहनेछु ।


प्रकाशित | ७ आश्विन २०७६, मंगलवार १३:३४