प्रधानमन्त्री ओलीद्वारा काठमाडौँको यातायात सुधारबारे विस्तृत योजना ल्याउन निर्देशन

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापन सुधारबारे एकीकृत र विस्तृत योजना ल्याउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा लगानी बोर्डको ४० औँ बैठकको अध्यक्षता गर्दै प्रधानमन्त्री ओलीले हालसम्म भएका विभिन्न अध्ययन, अवस्था, त्यसका लागि लगानी गर्न इच्छुकहरुको प्रस्तावसहित सुझाव दिन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘हामीलाई काठमाडौँ उपत्यकाको यातायात सुव्यवस्थापनमा छिटो काम गर्नुछ, ती कामहरु सबै समयमा योजनाबद्धरुपमा सम्पन्न हुनुपर्छ । मन्त्रालय र निकायले आपसमा समन्वय गर्नुपर्छ । त्यसका लागि प्रतिवेदन प्राप्त बोर्डले थप निर्णय गर्नेछ ।’


प्रकाशित | ६ आश्विन २०७६, सोमबार २०:३०