एनआरएनए हङकङमा महिला र युवा विभाग गठन

हङकङ – गैर आवासीय नेपाली संघ (एनआरएनए) हङकङमा महिला र युवा विभाग गठन भएको छ । एनआरएनए हङकङले सोमबार एक कार्यक्रमको आयोजना गर्दै महिला र युवा विभाग गठन गरेको हो ।

कविता गुरुङको नेतृत्वमा रहेको महिला विभागमा १९ सदस्यीय कार्यसमिति, ५ सदस्यीय संरक्षक परिषद् र ११ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

महिला विभागमा अञ्जु गुरुङ, करुण प्रधान, नानु गुरुङ, सावित्रा इङनाम, रिन्जी शेर्पा, निता थापा, शान्ति केसी, कल्याणी गुरुङ, सानु राई, राधिका लिम्बु, शान्ता वानेम, सरस्वती गुरुङ, रञ्जु केसी, रचना राई, संगीता सेन, सपना राई, उर्मीला घले र माया खापुङ लिम्बु र निलम सुब्बा चयन हुनु भएको छ ।

उता संरक्षक परिषदमा डा. शर्मीला गुरुङ, टिका गुरुङ, सुनीता गुरुङ, टिका राना र अनु राई, सल्लाहकारहरुमा कल्पना राई, योग माया राना, विष्णु मुखीया, माया लिंखा, रचना प्रधान, गोमा पुन, मञ्जु थापा, निरला थापा, प्रवित्रा राई, प्रवित्रा पुमा राई र उत्तरा चयन हुनु भएको छ ।

त्यस्तै, असिम राईको नेतृत्वमा रहेको युवा विभागमा १९ सदस्यीय कार्यसमिति र पाँच सदस्यीय सल्लाहकार समिति बनाइएको छ ।

युवा विभागको सदस्यहरुमा अमित शर्मा, आशिष लिम्बू, असिम राई, विद्या श्रेष्ठ, विकल्प गुरुङ, डेनियल रजत आले, हिमाल थापा, मिशेल गुरुङ, निरञ्जन लिबु, निशान राई, राहूल पुन, रिचा देवान, सम्प्रदा गुरुङ, सोयाना ढकाल, सुजाता गुरुङ, सुस्मिता गुरुङ, स्वेता पाण्डे, योगेश गौचन र योगेश राई चयन हुनु भएको छ ।

त्यस्तै, सल्लाहकार समितिमा मनीष लिम्बु, सुरेश कला थापा, अर्बीन सिंह, प्रेम लामा र रमेश मोक्तानलाई चयन गरिएको छ ।

एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निवर्तमान अध्यक्ष राधिका (टिका) गुरुङ प्रमुख आतिथिको रुपमा हुनुहुन्थ्यो । सो अवसरमा गुरुङले हङकङमा महिला दिदीबहिनीहरु नेतृत्व तहमा पुग्न सफल भइरहेकोमा खुसी ब्यक्त गर्नु भयो ।


प्रकाशित | ३० कार्तिक २०७८, मंगलवार १३:२५