सूर्यविनायकले देशकै नमूना र उदाहरणीय काम गरेर देखाइरहेको छ: बासुदेव थापा, मेयर

संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा संविधानले व्यवस्था गरेको तीनवटा तहमध्ये स्थानीय तहलाई अधिकारसम्पन्न बनाइएको छ । संविधानले व्यवस्था गरेअनुसार पहिलोपटक गठन भएको स्थानीय तहमा जनप्रतिनिधिहरुले पद बहाल गरेको २ बर्ष पूरा भएको छ । यो अवधिमा स्थानीय तहले कसरी आफ्ना कार्यक्रमहरुलाई अगाडि बढाइरहेको छ ? स्थानीय तहको चुनौती के कस्ता छन् ? के जनताले साँच्चै सिंहदरवारको अधिकार प्राप्त गरेका छन् ? भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापासँग अनन्त सन्देशका विमल थापाले गर्नुभएको कुराकानीको सम्पादीत अंश:-

स्थानीय तहमा निर्वाचित भएको दुई बर्ष पूरा भएको छ । यस अवधिलाई कसरी समीक्षा गर्न सकिन्छ ?

सुरुमा त हामीले पद बहाल गरेको दुई बर्षको अवधिमा गरेको उपलब्धीहरुका बारेमा आम नागरिकहरुलाई जानकारी दिने अवसर तपाईले दिनुभएकोमा धेरै धन्यवाद ।

धेरै लामो समयपछि २०७४ साल बैशाख ३१ मा स्थानीय तहको निर्वाचन सम्पन्न भयो । तत्पश्चात हामी निर्वाचित भएपश्चात् पहिलो बर्ष ऐन, कानुन र नियमहरु निर्माण गर्नमा केन्द्रित भयौं । लामोसमय पछि स्थानीय सरकार आएपछि नागरिकहरुमा धेरै खालका अपेक्षाहरु आउन थाल्यो । खासगरी आफ्नो टोल, छिमेकमा विकास निर्माणका कामहरु हुनेछन् । विकासले तीब्रता पाउनेछ भन्ने उहाँहरुको अपेक्षा हुनु स्वभाविक पनि थियो । सोही कारण हामीले पहिलो बर्ष विभिन्न टुक्रे योजनाहरुलाई प्राथमिकताका साथ अगाडि बढायौं । अहिले हाम्रो दोश्रो बर्षको कार्यकाल पनि पूरा गरेका छौं । दोश्रो बर्ष हामीले व्यापक रुपमा ठूला योजनाहरु एउटा क्यालेण्डर नै बनाएर अगाडि बढाएका छौ । यस अन्तर्गत १ करोडका ठूला योजना र दोश्रो ३० लाखका योजनाहरु र ५ लाख माथिका बजेट प्रत्येक वडाले बनाउनुपर्ने र सो भन्दा माथिका सबै योजनाहरु टेन्डर प्रक्रियाबाट कार्यान्वयन गर्नुपर्ने व्यवस्था हामीले नगरसभाबाट पारित ग¥यौं । यसको निम्ति देशभरिबाट अनलाइन मार्फत फारम भर्न मिल्ने व्यवस्था पनि गरेका छौं । यसो गर्दा निर्माण व्यवसायी साथीहरुले घटीघटाउमा टेन्डर गर्दा ५० प्रतिशत भन्दा कममा पनि हालेको पाइयो । यसबाट सोही रकममा दोब्बर काम पनि भएका छन् कतिपय योजनाहरुमा । तर यसो गर्दा योजनाको गुणस्तरीयतामा केही कमी हो कि भन्ने चिन्ता चाहिँ हुँदो रहेछ । यसको निम्ति हामीले प्रत्येक वडामा एकजना नियमित अनुगमनकर्ता खटाएका छौं । त्यतिमात्र होइन, नगरपालिकाको तर्फबाट इन्जिनियर, ओभरसियर तथा जनप्रतिनिधिहरुले पनि अत्यन्तै चलाख भएर यसको नियमित अनुगमन गर्ने काम भएको छ ।

त्यसो त भक्तपुर जिल्लाको नयाँ नगरपालिकाका साथै सूर्यविनायक नगरपालिका भौगोलिक रुपमा पनि पहाडी क्षेत्रको बाहुल्यता रहेको नगरपालिका हो । यसको पूर्वी भेग पहाडी भू–भाग बेसी भएको क्षेत्र हो भने पश्चिमी भेग भने पहिलादेखि नै विकासका पूर्वाधारका दृष्टिकोणले अगाडि नै थियो । त्यसैले पूर्वी भेगमा बाटो निर्माण गर्न पनि ठूलो लगानी लाग्ने भएकाले संघ र प्रदेशको बजेटमा पनि धेरै काम भएका छन् । नगरपालिकाको श्रोत भन्दा बाहिरको श्रोतबाट करिब १ अरब बराबरको काम यसै आर्थिक बर्षमा सम्पन्न गर्न हामी सफल भएका छौं । संघीय सांसद महेश बस्नेत पूर्व मन्त्रीपनि हुनुभएकोले पनि उहाँको इच्छाशक्ति र पहुँचले पनि यो काम गर्न सम्भव भएको हो ।

तपाईले भन्नुभयो कि, सूर्यविनायक नगरपालिका जिल्लाको अन्य नगरपालिका भन्दा भूगोलको हिसाबले पनि विकट भएतापनि विकासको दृष्टिकोणले छिटो अगाडि बढिरहेको छ, यो कसरी सम्भव भएको हो त ?

यो नगरपालिकामा बसोबास गर्ने जनशक्तिहरु भनेको प्रधानमन्त्रीदेखि मन्त्री, प्रशासक, कुटनीतिज्ञ लगायत विभिन्न क्षेत्रका विज्ञहरु समेत रहेका छन् । राजधानीदेखि नजिक तर सेवा सुविधाहरु पर्याप्त भएका कारण पनि यो नगरपालिकामा नयाँ बस्ती धेरै नै छन् । देशका अधिकांश जिल्लाका मानिसहरु यो नगरपालिकामा बसोबास गर्नुहुन्छ । यसको दुईवटा फाइदा मलाई भएको छ । विकास निर्माण गर्दा यो समूहले उल्लेखनीय सहयोग गरिरहेको छ भने अर्काेतर्फ कुनै कमीकमजोरी भयो भने मेरा लागि तुरुन्तै सुझावका रुपमा खबरदारी पनि हुने गर्दछ । यसले मलाई सचेत पनि गराएको छ र म आफैपनि यस बिषयमा गम्भीर नै छु । मेरो विहान ६ बजेदेखिको राती अबेरसम्मको खटाइका कारण पनि यो सकारात्मक परिवर्तन भएको हुनुपर्दछ । त्यसको साथै मैले पारिवारिक रुपमा पनि अब पूर्णकालिन रुपमा जनताप्रति समर्पित हुन्छु भनेर समर्पण गरेर आइसकेको कारण मैले सदैव जनताको निम्ति समय निकाल्नुपर्दछ भनेर लागिरहेको छु । मेरा लागि अवसर र चुनौती दुवै विद्यमान छ । संघीयता लागू भएपछिको पहिलो नगरप्रमुख भएका नाताले मैले नगरवासीका निम्ति गर्नुपर्ने धेरै छन्, यस बारेमा मैले मेरा घरपरिवारलाई समेत स्पष्ट रुपमा जानकारी गराएको छु । म एउटा कुरा स्पष्ट के भन्न चाहन्छु भने म कहिलेपनि ऐन कानुनलाई उल्लंघन गरेर काम गर्नेछैन । सायद यसैले पनि होला, नगरपालिकाभित्र उल्लेखनीय काम भएका छन् । यसको निम्ति तपाईहरुजस्तो सञ्चारकर्मीहरुले पनि हामीलाई रचनात्मक सुझाव दिँदै आउनुभएको छ । यहाँ स्मरण गर्न चाहन्छु, यस नगरपालिकाको वडा नम्बर ४ मा सार्वजनिक यातायात सुचारु नभएको बिषयमा अनन्त सन्देशमा समाचार प्रकाशित भयो । त्यो समाचार प्रकाशित भएपछि तत्कालै यसको समाधानको निम्ति विकल्प खोज्ने काम भएको छ ।

तपाईको दुई बर्षे कार्यकालमा पहिलो बर्ष नीति निर्माण गर्ने काममा व्यस्त हुनुहुभयो, दोश्रो बर्ष पूर्वाधार निर्माणमा बढी केन्द्रित हुनुभएको देखिन्छ । यसमा भएका प्रगतिहरु कस्ता छन् ?

दोश्रो बर्षमा हामीले व्यापक रुपमा पूर्वाधारमा खर्च गरेका छौं । ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउनको निम्ति पूर्वाधारको विशेष भूमिका हुने गर्दछ । यसको निम्ति हरेक ठाउँमा बाटोघाटो, पूल पुलेसा, खानेपानी पुग्नु जरुरी हुन्छ । त्यसको साथै शिक्षा र स्वास्थ्य जस्ता बिषयलाई पनि हामीले प्राथमिकता दियौं । दोश्रो बर्षमा हामीले नगरपालिका भित्र ६ वटा पूल निर्माण सम्पन्न भएका छन् भने ४ वटाको उद्घाटन नै भइसकेको छ । अब २ वटा पूल तत्कालै निर्माण सम्पन्न हुने चरणमा छ । यो बर्ष पनि करिब ५/७ वटा पूल निर्माण गर्ने योजनामा छौं । यसको साथै ११ मिटर तथा १४ मिटरको बाटो निर्माणलाई हामीले प्राथमिकता दिएका छौं । नगरपालिकाले प्रत्येक वडामा कम्तिमा पनि दुईवटा ठूला योजना राखेको छ भने कतिपय वडामा ४ वटा सम्म पनि योजना विनियोजन गरिएको छ । तपाईलाई जानकारी गराऔं कटुन्जे र १० नम्बरमा अर्काे योजना पनि परेको छ । खासगरी नगरपालिकाको कार्यालय भएको वडामा बाटो निर्माणका लागि यो बर्ष विशेष योजना सम्पन्न ग¥यो । यसको निम्ति संघीय सांसदको १/१ करोडको साझेदारीमा यो योजना सम्पन्न गरियो । त्यसैगरी वडा नम्बर १० मा भौगोलिक विकटतका कारणले विशेष योजना तय गरेका थियौं । त्यसो त भौतिक पूर्वाधारमा जसरी बजेट विनियोजन गरिएको छ, त्यसैगरी शिक्षा र स्वास्थ्यलाई पनि प्राथमिकता साथ अगाडि बढाइरहेका छौं । यसैक्रममा वडा नम्बर ४ मा अस्पतालको रुपमा सञ्चालन गर्नको निम्ति तयारी गर्दैछौं । यसको निम्ति कर्मचारीको व्यवस्थापन गर्नको निम्ति दरखास्त आव्हान गरिएको छ ।

यस्तै शिक्षाको गुणस्तरितालाई बृद्धि गर्नको निम्ति सामुदायिक र सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पठन पाठनको सुरुवात गरेका छौं । यो आर्थिक बर्षको ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी काम हामी अबको केही समयपछि सम्पन्न गर्नेछौ ।

बैठकमा चिया र बिस्कुट खाएर जनताको सेवामा खटिएका व्यक्तिका बारेमा कहिलेकाहिँ आफूलाई आर्थिक चलखेलमा संलग्न भयो भन्दा खिन्न त लागिहाल्छ । कोही व्यक्तिहरुले म र मेरो टिमको आत्मबल कमजोर बनाउनको निम्ति पनि यस्ता खालका गतिविधिहरु पनि हुने गरेका छन् ।

यो आर्थिक बर्षमा देशकै सबैभन्दा बढी बजेट विनियोजन भएको देखिन्छ । सूर्यविनायक नगरपालिकाको प्रत्येक वडामा कम्तिमा पनि २० करोडको योजना सम्पन्न भएको देखिन्छ । यसमा संघ, प्रदेश र स्थानीय तहको समन्वय कसरी गरिरहनुभएको छ ? 

सूर्यविनायक नगरपालिका संघ, प्रदेश र स्थानीय तहबीचको राम्रो समन्वय भएर नै यो सम्भव भएको हो । स्थानीय तहबाट विनियोजन गर्ने बजेटका बारेमा प्रदेश र संघका माननीयज्यूहरुलाई मैले जानकारी गराउने गरेको छु, भने उहाँहरुले पनि प्रदेश र संघ अन्तर्गतका योजनाहरु कसरी र कुन–कुन ठाउँमा विनियोजन गर्ने भनेर हामीसँग छलफल गर्नुहुन्छ । यसरी हामी एकढिक्का भएर विकास निर्माणमा लागेका कारण नै यो बजेट ल्याउन सफल भएका हौं । यसमा हामी पनि उत्तिकै सक्रिय र चनाखो भएर नै सम्भव भएको हो । अहिले नगरपालिका अन्तर्गत ५४ जनाको जनप्रतिनिधिहरुको टोली छ,उहाँहरुलाई मैले बेला–बेलामा झकझकाउने गरेको छु । यसको निम्ति एउटा रणनीति पनि हामीले अप्नाएका छौं । जहाँ विकासका कार्यहरु तीब्र गतिमा सम्पन्न हुन्छ, त्यहाँ प्रोत्साहन स्वरुप अर्काे योजना प्रदान गर्ने र जहाँ यो गतिमा सुस्तता आउँछ त्यहाँ अर्काे बर्ष सीमित योजना कायम गर्ने नीति लिएका कारण पनि जनप्रतिनिधिहरुमा आफ्नो वडाहरुमा विकास गर्ने प्रतिस्पर्धा नै बढेको छ । यसको निम्ति नगरवासी सम्पूर्णको सहयोग र सद्भाव पनि उत्तिकै रहेको छ । हाम्रो एक्लो प्रयासले मात्र यो सम्भव कदापि हुन सक्दैन ।

हामी सिंहदरबारबाट नजिक हुँदा पनि विगतमा उचित विकास हुन नसक्दा यहाँका जनतामा एकखालको नैराश्यता विद्यमान थियो । तर अहिले चारैतिरबाट विकासका निम्ति बजेट ल्याउन हामी सफल भएका छौं । र, तीब्र गतिमा यहाँको विकास निर्माणका कार्यहरु भइरहेको हुँदा स्थानीय नगरवासीहरुमा पनि उत्साह जागेको छ ।

अहिले सरकारले सार्वजनिक र सरकारी जग्गाको उचित संरक्षण गर्नको निम्ति उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेर कार्यआरम्भ गरेको छ । सूर्यविनायक नगरपालिकाभित्र अतिक्रमित भएका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षणको निम्ति तपाईहरुले के गर्दैहुनुहुन्छ ?

कुनैपनि सार्वजनिक जग्गाको संरक्षण गर्ने दायित्व सबै नेपालीको हो । सूर्यविनायक नगरपालिकाभित्रको सार्वजनिक सम्पत्ति नगरवासीको साझा सम्पत्ति हो । यो सबै नगरवासीले यसलाई संरक्षण गर्नुपर्छ । यस नगरपालिकाभित्र सार्वजनिक जग्गा धेरै नै छ । यसलाई संरक्षण गर्नको निम्ति म स्थानीय तहको प्रमुख भएको नाताले सबै वडामा सार्वजनिक जग्गा कति अतिक्रमित भएको छ भनेर हामीले त्यसको डाटा उतार्न लागेका छौ । यो बर्ष हामी तीब्र रुपमा सार्वजनिक जग्गाको संरक्षण गर्ने कार्यलाई अगाडि बढाउनेछ । यो क्रममा कसैले सार्वजनिक जग्गा अतिक्रमण गरी व्यक्तिगत प्रयोजन गरेको पाइएमा नगरपालिकाले त्यसको संरक्षण गर्नेछ । नगरवासीको सम्पत्ति कुनै एउटा व्यक्तिले खान पाउनेछैन । यसलाई कडाइका साथ लागू गर्छाै । यस बारेमा हामीले सम्पूर्ण नगरवासीलाई पनि सचेत र जागरुक बनाउनु जरुरी छ ।

केही व्यक्तिहरु हनुमन्ते करिडोरमा राजनीति गर्न खोज्दैछन् । राम्रो गरेको देखेर खुशी नहुने व्यक्तिहरु पनि हाम्रो समाजमा रहेका कारण केही व्यक्तिहरुबाट भने करिडोरका बिषयमा भ्रम फैलाउने काम पनि नभएका होइनन् । तर हामी स्पष्टका साथ आफ्नो कार्यलाई अगाडि बढाइरहेका छौं । भ्रमको खेती धेरै दिन टिक्दैन भन्ने मलाई लाग्छ ।

संघीयता कार्यान्वयन गर्ने सन्दर्भमा संघ,प्रदेश र स्थानीय तहबीच सहयोग, सहकार्य र समन्वय हुनु जरुरी मानिन्छ, तपाईको नगरपालिकामा अधिकारको बिषयलाई लिएर तीनवटा सरकारका बीचमा कुनै समस्या आएको छ ?  

संविधानले व्यवस्था गरेअनुसार हामीले प्रदेशको मातहतमा रहनुपर्नेछ । संघमा हामीले सहयोग प्राप्त गर्ने र त्यसलाई कार्यान्वयन गर्ने नै हो । तर केही मनोवैज्ञानिक रुपमा प्रभाव भने पर्ने रहेछ । खासगरी सिंहदरवारको अधिकार गाउँ–गाउँमा दिने भनेपछि स्थानीय तहलाई अधिकार दिइयो । यसले संघ र प्रदेशमा स्थानीय तहलाई अधिकार बढी भयो कि भन्ने चाहिँ सुनिन्छ । तरपनि हामीले ऐन कानुनलाई मानेर अगाडि बढिरहेका कारण खासै समस्या भएको छैन ।

अहिले हाम्रो नगरपालिकामा यी सबै कुराको संयोजन मिलेका कारण प्रतिफल पनि सकारात्मक देखिएको हो । यसमा हाम्रा संघीय सांसद माननीय महेश बस्नेतको विशेष निगरानी छ । विहानदेखि नै बेलुकासम्मको उहाँको खटाइ देखेर हामीलाई थप हौसला प्राप्त भएको छ । बेला बेलामा उहाँले हामीलाई खबरदारी पनि गर्नुहुन्छ ।

भक्तपुर जिल्लाका ४ वटा नगरपालिकाहरुलाई हेर्ने हो भने विकासको दृष्टिमा सूर्यविनायक नगरपालिकाले अत्यन्त द्रुततर गतिमा अगाडि बढाइरहेको जस्तो देखिन्छ । यो के कारणले भएको जस्तो लाग्छ ?

यसो हुनुमा जनप्रतिनिधिहरुको एकता प्रमुख कारण हो । दोश्रो यहाँका सञ्चारकर्मी मित्रहरुले पु¥याउनुभएको योगदान । तेश्रो नगरवासीको सहयोग र चौथो राजनीतिक पार्टीहरुको सहयोग । यी सबै कारणहरुको समन्वयका कारण सूर्यविनायक नगरपालिकामा उच्च गतिमा विकास निर्माणका कार्यहरु अगाडि बढिरहेका छन् । जस्तो तरकारी मीठो हुनका लागि नून, बेसार, तेल लगायतका मसलाहरुको संयोजन हुनु जरुरी छ नि । अहिले हाम्रो नगरपालिकामा यी सबै कुराको संयोजन मिलेका कारण प्रतिफल पनि सकारात्मक देखिएको हो । यसमा हाम्रा संघीय सांसद माननीय महेश बस्नेतको विशेष निगरानी छ । विहानदेखि नै बेलुकासम्मको उहाँको खटाइ देखेर हामीलाई थप हौसला प्राप्त भएको छ । बेला बेलामा उहाँले हामीलाई खबरदारी पनि गर्नुहुन्छ । त्यसैगरी प्रदेशबाट पनि माननीय शशिजंग थापाले यहाँको विकास निर्माणमा विशेष योजनाहरु ल्याउनु भएको छ । त्यसको साथै उमेरले ५७ बर्षको भएपनि म युवाको जत्तिनै काम गर्न सक्छु भनेर दिनहुँ खटिएको छु । यसमा मेरो टिम सबैले साथ र सहयोग दिनुभएको कारणले पनि हामीले धेरै राम्रो ढंगले कामलाई अगाडि बढाउन सकेका छौं ।

तपाईको अहिले अत्यन्त व्यस्त ढंगले खटिनुभएको छ । समयलाईचाहिँ कसरी व्यवस्थापन गर्नुभएको छ ? हरेक दिन यसरी जनताको बीचमा खटिनको लागि तपाईलाई के कुराले प्रेरणा दिइरहेको छ ?

पहिलो प्रेरणा त मलाई नगरवासीले दिनुभएको छ । मैले गरेका कामहरुलाई उहाँहरुले जस्ताको त्यस्तै भनिरहनुभएको छ । त्यसको साथै मेरो पार्टी, राजनीति दलहरु लगायत सञ्चारकर्मी साथीहरुको सद्भाव र सहयोगले पनि मलाई उर्जा प्रदान गरिरहेको छ । बैठकमा चिया र बिस्कुट खाएर जनताको सेवामा खटिएका व्यक्तिका बारेमा कहिलेकाहिँ आफूलाई आर्थिक चलखेलमा संलग्न भयो भन्दा खिन्न त लागिहाल्छ । कोही व्यक्तिहरुले म र मेरो टिमको आत्मबल कमजोर बनाउनको निम्ति पनि यस्ता खालका गतिविधिहरु पनि हुने गरेका छन् । तर मैले यहाँ सबै राजनीतिक दलहरुसँग पनि समन्वय गरेर अगाडि बढिरहेका कारण काम गर्न पनि सहज भएको छ । मैले कुनै पार्टी, वर्ग, समुदायलाई केन्द्रमा राखेर काम गरेको छैन । सूर्यविनायक नगरपालिकाभित्र सबैको समन्वय मिलेको कारणले पनि मलाई उत्साह र प्रेरणा थपिएको छ । यस्तै सहयोग र सद्भाव प्राप्त गर्ने हो भने मैले आगामी ३ बर्षमा मैले जनताको सामु गरेको प्रतिबद्धता भन्दा पनि बढी काम गरेर देखाउनेछु ।

अब नयाँ आर्थिक बर्षको निम्ति योजना तय गर्दैहुनुहुन्छ ? अबको बर्षमा सूर्यविनायक नगरपालिकामा कस्ता योजनाले प्राथमिकता पाउनेछन् ?

हामीले दोश्रो आर्थिक बर्षमा गरेका भौतिक संरचनाको निर्माणलाई निरन्तरता दिनेनै छौ । त्यसको साथै अबको बर्षमा शिक्षा, स्वास्थ्य, खानेपानी, मठमन्दिर, पर्यटन जस्ता बिषयलाई अबको बर्षमा बढी केन्द्रित गर्नेछौ । यो नगरपालिकामा १४ वटा शिवालय रहेका छन् । यसलाई शिव सर्किटका रुपमा विकास गर्ने र धार्मिक पर्यटनको सम्भाव्यतालाई प्रबद्र्धन गर्ने योजना रहेको छ । त्यस्तै उपत्यकाका ४ वटा गणेशमन्दिर मध्येको एक सूर्यविनायक गणेश मन्दिर यसै क्षेत्रमा पर्दछ । धार्मिक क्षेत्रलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्दै आयमूलक र रोजगारमूलक ढंगले प्रबद्र्धन गर्ने योजना रहेको छ । यसैगरी यस क्षेत्रको वातावरणीय संरक्षण गर्नको निम्ति पनि हामी विशेष योजना तय गर्दैछौ । सूर्यविनायक नगरपालिकालाई स्वच्छ, स्वस्थ र हराभरा नगरपालिकाका रुपमा विकास गर्न विशेष योजना ल्याउनेछौं । त्यसको साथै भौतिक निर्माण मात्र भएर पुग्नै मानवीय क्षमता विकास गर्नेको निम्ति विभिन्न खालका सीपमूलक र रोजगारमूलक गतिविधिहरुलाई पनि आउँदो बर्ष प्राथमिकतामा राखेका छौं ।

अन्त्यमा, नगरवासीलाई तपाई के भन्नुहुन्छ ?

मेरो नगरवासीहरुलाई के आग्रह छ भने मैले जस्तो काम गरेको छु । त्यसको सही रुपमा मूल्याङ्कन गरिदिनुस् । मैले राम्रो गरेको छु भने राम्रो र नराम्रो छ भने नराम्रो नै भनिदिनुस् । म निष्पक्ष भावनाले ऐन, कानुमा टेकेर तपाईको सेवामा समर्पित हुनेछु । मलाई तपाईहरुका साथ, सहयोग र सद्भाव सदैव प्राप्त होस् । तपाईहरुको सल्लाह, सुझाव अनुसार नै नगरपालिकाभित्रको विकास निर्मााणका निम्ति बजेट विनियोजन गर्नेछु । हामीले तिरेको करको सही रुपमा सदुपयोग होस् भनेर तपाईहरुको रेखदेख पनि चाहिन्छ । म सदैव समृद्ध सूर्यविनायक र सुखी नगरवासी बनाउन कोसिस गर्नेछु ।


प्रकाशित | ६ आश्विन २०७६, सोमबार ११:५७