कर तिर्न अटेर गर्ने ठमेलका ब्यापारीलाई राजस्व कार्यालयको १५ दिने अल्टिमेटम

काठमाडौं : लामो समयदेखि कर तिर्न अटेर गर्दै आएका ब्यापारीलाई कर कार्यालयले १५ दिनको अल्टिमेटम जारी गरेको छ । आन्तरिक राजश्व कार्यालय ठमेलले कर तिर्न आनकानी गर्ने र लामो समयदेखि बक्यौता राख्दै आएका ब्यापारीलाई सचेत गराउँदै १५ दिनको अल्टिमेटम जारी गरेको हो ।

राजश्व कार्यालय ठमेलले सूचना प्रकाशित गर्दै १५ दिनभित्र कर तिर्न आउन सचेत गराएको हो । कार्यालयले ठमेल क्षेत्रमा ब्यापार व्यवसायी गर्दै आएका ब्यापारीले लामो समयदेखि आयकर र मूल्य अभिवृद्धि कर तिर्न अटेर गरेकाले सूचना जारी गर्न बाध्य भएको राजस्व कार्यालयले जनाएको छ ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार १४:४९