काठमाडौं उपत्यकामा १३४ जना कोरोना संक्रमित थपिए

काठमाडौं – काठमाडौं उपत्यकामा थप १३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पुष्टि गर्नुभयो ।

पछिल्लो २४ घन्टामा १ सय ७१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। योसँगै नेपालमा कोरोना भाइरसमुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताउनुभयो।

पछिल्लो २४ घण्टामा १० हजार चार सय ६२ जनाको पीसीआर परीक्षण गरिएको प्रवक्ता गौतमले जानकारी गराउनुभयो । मन्त्रालयका अनुसार अहिले आइसोलेसनमा सात हजार २०१ रहेका छन् । अहिले क्वारेन्टाइनमा ११ हजार ५८ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमणका कारण थप ४ जनाको मृत्यु भएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण ८३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।


प्रकाशित | २७ श्रावण २०७७, मंगलवार १६:५७