भक्तपुरको बालकोटमा कपास उद्योगमा आगलागी, करीब २५ लाख क्षति

भक्तपुरः भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित सागबारीस्थित एक कपास उद्योगमा आगलागी भएको छ । भोजपुर सडान्नद नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको मनकामना कपास उद्योगमा आज बिहान आगलागी भएको हो ।

महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सबिन प्रधानका अनुसार प्रहरीलाई बिहान ५ः४० मा आगलागी भएको सूचना प्राप्त हुने बित्तिकै प्रहरी घटनास्थलमा पुगेको थियो । आगलागीबाट करिब २५ लाख बराबरको क्षति भएको अनुमान गरिएको प्रधानले बताउनुभयो । प्रधानका अनुसार आगलागीबाट उद्योग रहेको टहरा र कपास पूर्ण रुपमा क्षति भएको छ ।

आगो स्थानीय, प्रहरीले करिब पौने ३ घण्टामा निभाइएको थियो । आगो निभाउन जुद्धबारुण यन्त्र भक्तपुरका २ बटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना खटिएका थिए ।


प्रकाशित | ५ आश्विन २०७६, आईतवार १३:०७