अण्डाको मूल्य ३० रुपैयाँ बढ्यो

चितवन : चितवनका कुखुरापालक किसान, सप्लायर्स तथा बिक्रेताहरुको भेलाले अण्डाको मूल्य ३० रुपैयाँले बढाएको छ । व्यवसायमा घाटा बढ्न थालेको भन्दै उत्पादकबाट मूल्य वृद्धिको माग बढेको थियो । २ सय २० प्रतिक्रेट रहेको ठूलो अण्डाको मूल्य बढाएर २ सय ५० पुर्याएको नेपाल दाना, अण्डा, कुखुरा वितरक संघका अध्यक्ष तेजनारायण पाण्डेले बताए । सानो अण्डाको मूल्य पनि केही दिनमा वृद्धि गरिने संघले जनाएको छ ।


प्रकाशित | ५ आश्विन २०७६, आईतवार ०९:५०