‘नेपाल कोरोना भाइरसको अति उच्च खतरामा छ,अब भोजभतेर, जमघट, आमसभा बन्द गर्नुपर्छ’

नेपाल कोरोना भाइरसको उच्च जोखिममा परेको मुलुकमा परेको छ । हुनत सँसार नै यो भाइरसको संकटमा परेको छ । विश्व स्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपतकालको घोषणा गरेको छ । यस अवस्थामा नेपालले रोगको संक्रमण फैलन नदिन के कस्तो तयारी गरेको छ । यसबारे ऋषि धमलाले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठसँग गरेको विशेष कुराकानीः

हाम्रो देशमा कोरोनाको अवस्था कस्तो छ ?

कोरोनाको अवस्था अहिलेसम्म हाम्रो देशमा देखिएको छैन । तर, हामी नितान्त उच्च सतर्कतामा रहनुपर्ने अवस्था छ । संसारभर ६० भन्दा बढी देशमा पुगिसकेको छ । दिनमा दुई हजारभन्दा बढी मानिसहरु प्रभावित भएका छन् । हामीलाई पनि त्यसको थ्रेट छ ।

नेपाल खतरामुक्त छैन हो ?

खतरामुक्त त संसार नै छैन ।

होइन, नेपाल अब त खतराको सुचिमा पर्यो नि ?

अति उच्च खतरामा छ । तर, अहिलेसम्म त्यस्ता विरामीहरु देखिएका छैनन् । अब अति उच्च सतर्कता अनुपनाउनुपर्ने भएकाले केही ट्राभलहरु ब्यान्ड गर्न लागिसकेका छौं । अब केही कामहरु हुन्छ ।

तपाईंहरुलाई गम्भीर भएर सावधानी अपनाउनु भएन भन्ने आरोप छ नि ?

यस विषयमा हामी नितान्त गम्भीर छौं । हामीले सुरुमै संका लाग्नेबित्तिकै त्यस टेकूमा राखेर निगरानी गर्यौं । नत्र भने त्यसले अर्को ५ जनालाई सार्नेथियो । ती ५ अर्कोलाई गर्दै देशै प्रभावित भइसक्ने थियो । अहिले हामीले बाहिरबाट आउने मान्छेलाई एयरपोर्टबाटै तुरुन्तै अस्पताल पु¥याएका छौं । अहिले पनि २ जना हुनुहुन्छ ।

अहिले टेकू अस्पतालमा दुई जना हुनुहुन्छ हो ?

अहिले दुई जना हुनुहुन्छ । टेष्ट नेगेटिभ निस्कियो भने उहाँहरु निस्कनुहुन्छ । प्रत्येक देखिन २-३ जना लगिरहेका छौं । त्यसैगरी प्रत्येक दिन खोजप्रताललाई अझ बढी सशक्त बनाउँदैछौं ।

चीन र दक्षिणकोरियाबाट खुलमखुला मानिसहरु आइरहेका छन् त्यतातिर तपाईंंहरुको ध्यान गएको छैन ?

हाम्रो ध्यान एकदमै गएको छ । उहाँहरु निगरानीमा हुनुहुन्छ । चीन एकदमै ठूलो छ । सबै चीन र सबै चिनीयाँलाई कोरोना प्रभावित भन्न मिल्दैन । सबै प्रान्तमा त्यो लागेको होइन । तथापि हामीले सबैलाई उच्च प्राथमिकतामा राखेका छौं ।

प्राथमिकतामा त राख्नुभएको छ, तर एयरपोर्टमा मेसिन छैन, समस्या त छ नि ?

मेसिनमा थर्मस्क्यान्डर छ ।

प्रभावकारी छैन नि ?

होइन, प्रभावकारी नै छ । त्यसमा हाइन्गन दिएका छौं । स्फारेट मेसिनमा लगाएर तापक्रम लिने काम सुरु भइसकेको छ ।

मन्त्री भानुभक्त ढकालले भन्नुभयो, ठूला, जुलुस, नारा, भोजभतेर, आमसभा नगर्ने हो ?

जुलुस, भोजभतेर, आमसभाजस्ता धेरै मानिस जमघटन हुने काम अब बन्द गर्नुपर्ने छ ।

सरकारले निर्देशन दिइसकेको छ ?

अब त्यो निर्देशन हुन्छ । उपप्रधानमन्त्रीज्यूको अध्यक्षतामा उच्च स्तरीय कार्यद लबनेको छ । त्यो समितिबाट निर्देशन हुनासाथ सम्पूर्ण नागरिक परिचालित हुनुपर्ने अवस्था छ ।

नागरिकहरुको सचेतना छँदैछ, विदेशलाई बढी चेकजाँच गर्नुप¥यो नि ?

होसियारीपूर्वक चेकजाँच गरिरहेका छौं । अभैm कमीकमजोरी भयो कि भनेर थप चेक गर्दैछौं । होटल र ट्रेकिङ व्यवसायीहरुसँग पनि मिटिङ र काउन्सिलिङ गर्दैछौं । होटल, अस्पतालहरुमा अनुगमन गरिरहेका छौं । एयरपोर्टको अनुगमन पनि बढाएका छौं । अहिले सातैवटा प्रदेशमा हाम्रो टिम गइसकेको छ । भारत र चीनका नाकाहरुमा पनि मान्छे राखेर चेकजाचलाई कड्याइँ गर्दैछौं । ती नाकाहरुमै ती थर्ममिटरहरु पठाइसकेका छौं ।

चिनीयाँ नागरिकसँग तपाईंंहरु उच्च सतर्कतामा हुनुहुन्छ ?

चीन, उत्तरकोरिया, अफगानिस्तान, इरान र इटली अहिले हाम्रो उच्च प्राथमिकतामा छ ।

ती मुलुकका नागरिकहरु कत्तिको आइरहेका छन् ?

पहिलाको तुलनामा अहिले घटेको छ । एक महिनाको अवधिमा इटलीका ४०÷४५ जनाजति छन् । इरानबाट पनि त्यसैको हाराहारीमा आउनुभएको छ । उहाँहरु सबैलाई सतर्कतामा राखेका छौं ।

क्वारेन्टाइनमै राख्नुहुन्छ उहाँहरुलाई ?

सबैलाई क्यारेन्टाइनमा राख्दैनौं ।

अरु देशमा त क्यारेन्टाइनमा राख्छन् ?

सबै नागरिकलाई क्वारेन्टाइनमा राख्न जापानले पनि सक्दैन । होम क्वारेन्टाइन भनिन्छ । आपूm आफ्नै निगरानीमा बस्नुपर्छ । यसलाई होम क्यारेन्टाइन भन्छन् । एउटा नेपाली कोरियाबाट आयोभने उसलाई हामीले परिवारले कसरी क्यारेन्टाइन गर्ने भन्ने एउटा लिप्टलेट तयार गरेका छौं । त्यो जनतालाई बाँड्न हिजैदेखि सुरु भइसकेको छ ।

अहिलेसम्म कुनै पनि नेपालीलाई कोरोना भाइरस देखिएको छैन ?

जति पहिला एकजनालाई देखिएको थियो । त्यो बाहेक आजसम्म कुनै पनि नेपालीलाई कोरोना भाइरस देखिएको छैन । त्यसको रोकथामका लागि हामी निरन्तर निगरानीमा लागिपरेका छौं ।

त्यसोभए नेपालीहरु आत्तिनुपर्दैन ?

आत्तिनुपर्दैन तर सचेत रहनुपर्छ । नेपाल सरकारले जारी निर्देशनको पालना गर्नुपर्छ । जस्तो कोरियाबाट मानिसहरु आउँदैछन् । रोजगारीका लागि गएका नेपालीहरु फकिँदैछन् । आइसकेपछि उहाँहरुले आफ्नो निगरानी आपैmले गर्नुपर्छ । जस्तो घरमा पनि छुट्टै बस्ने । २ मिटरभन्दा टाढा बसेर कुराकानी गर्ने, माक्स लगाउने ।

बजारमा माक्स नै छैन ?

मेडिकल माक्स अभाव छ । त्यसकारण सामान्य माक्स लगाएर पनि बस्न सकिन्छ । आपूmले प्रयोग गर्ने भाँडाकुडा, लत्ताकपडा अरुलाई नदिइ २४ दिनसम्म बसिसकेपछि केही देखिएन भनेर सर्वसाधारणसरह काम गर्न सकिन्छ । मालोसमयसम्म रुघा, खोजी, ज्वरो आयो भने स्वास्थ्यचौकीमा सम्पर्क गर्ने त्यहाँ हामीले उपचारको व्यवस्था गरेका छौं ।

माक्समा कालाबजारी सुरु भयो नि २० रुपैयाँमा पाउनेलाई ५० रुपैयाँसम्म पर्न थालेको छ नि ?

माक्स उत्पादनका लागि हामी यहींका उद्यागीहरु प्नि अडर्र दिइराखकेका छौं । उसले दिनको नौ हजार उत्पादन गर्न सकिन्छ भनेको छ । त्यसको अनावश्यक माक्स लगाइहाल्नुपर्छ भन्ने होइन । जसलाई रुघाखोकी, ज्वरो देखिएको छ भने उसले लगाएर हिड्ने हो । आमजनाले नै लगाउनुपर्ने जरुरी छैन । सरसफाइमा ध्यान दिने । पटक–पटक सावन पानीले हात धुने, फोहोर हात आँखा, मुख, नाकमा नलगाउने । एक–अर्काबीच डिस्टेन्टमा रहने । एकअर्कामा हात नमिलाउने, टाढैबाट नमस्ते गर्ने जस्ता सतर्कता अपनाउन जरुरी छ । रिपोर्टस नेपालको सहयोगमा ।


प्रकाशित | १९ फाल्गुन २०७६, सोमबार १२:३३