एनआरएनए अमेरिकाज् क्षेत्रीय संयोजकमा नवीन शेरचनको उम्मेदवारी घोषणा

न्यूर्योक : गैर आवासीय नेपाली संघ (एनआरएनए ) अमेरिकाज् क्षेत्रको क्षेत्रीय संयोजक पदमा नवीन शेरचनले उम्मेदवारी घोषणा गर्नुभएको छ । हाल क्षेत्रीय सहसंयोजक रहनु भएको शेरचनले आगामी नवौ विश्व सम्मेलनमा क्षेत्रीय संयोजक (आरसी ) पदमा उम्मेदवारी घोषणा गर्नुभएको हो ।

आगामी अक्टोवर १५ देखि १७ सम्म काठमाडौंमा हुन लागेको संघको विश्व सम्मेलनमा ब्यवसायी शेरचनले ‘समावेशी, साझा र एनआरएनए निर्माणको लागि’ आफूले उम्मेदवारी घोषणा गरेको बताउनुभयो । अमेरिकामा विभिन्न ब्यवसाय गर्दै आउनुभएको शेरचन इमानदार छवी बनाउन सफल हुनुहुन्छ ।

शेरचनले संस्थामा लिन भन्दा केहि दिनको लागि जाने बताउँदै संस्थामा इमानदार र काम गर्ने ब्यक्तीहरुको खाँचो महसुस भइरहेकोले सबैको माग र आग्रहमा संयोजकमा उम्मेदवारी दिने निर्णयमा पुगेको बताउनुभयो ।

अमेरिका बसेर भए पनि नेपालका हरेक सामाजीक क्षेत्रमा क्रियाशील हुँदै आउनुभएको शेरचन एनआरएन अभियानमा लामो समयदेखि सक्रिय हुनुहुन्छ ।

सन २०११ देखि २०१३ मा एनआरएन अमेरिकाको वोर्ड सदस्य हुँदै पदीय जिम्मेवारी समाल्न थाल्नु भएको शेरचन २०१५ देखि २०१७ मा आइसिसी सदस्य, हाल २०१७ देखि २०१९ सम्म क्षेत्रीय सहसंयोजक (डिआरसी ) पदको जिम्मेवारीमा हुनुहुन्छ ।

थोरै बोल्ने स्वभावको शेरचन काममा भने दत्तचित्त भएर लाग्दै आउनुभएको छ । एनआरएन अभियानमा लाग्न रुचाउने शेरचनलाई आगामी दिनमा अझ एनआरएन अभियानमा सक्रिय हुने चाहाना छ ।


प्रकाशित | ३ आश्विन २०७६, शुक्रबार १९:२७