एनआरएनए अध्यक्षका उम्मेदवार कुमार पन्तको भोली उम्मेदवारी घोषणा

काठमाडौं: गैर आवासीय नेपाली संघ (एनआरएनए ) अध्यक्षका उम्मेदवार कुमार पन्तले भोली काठमाडौंबाट उम्मेदवारी घोषणा गर्नुहुने भएको छ । आगामी अक्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुन गइरहेको संघको नवौ विश्व सम्मेलनमा अध्यक्षका उम्मेदवार पन्तले भोली होटल याक एण्ड यतीको सभाहल,दरबारमार्गमा मध्यान्ह १२ बजे उम्मेदवारी घोषणा गर्ने कार्यक्रम तय भएको हो ।

विश्व भ्रमण सकाएर काठमाडौंमा उत्रिनु भएको पन्तले उम्मेदवारी घोषणसँगै घोषणापत्र समेत सार्वजनीक गर्नुहुने भएको छ । पन्त काठमाडौंमा उम्मेदवारी घोषणा गरेलगत्तै कोरियाको अधिवेशनमा सहभागि हुन त्यस तर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।

एनआरएनमा स्थापनाकालदेखि सक्रियतापूर्वक लाग्दै आउनुभएको पन्त यूरोप संयोजक हुँदै आइसिसी महासचिव र दुई कार्यकाल उपाध्यक्ष भएर जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ ।


प्रकाशित | २ आश्विन २०७६, बिहीबार ०८:३९