सल्यान, दैलेख र कालीकोटका थप १६ जनामा कोरोना पुष्टि, कर्णालीमा कुल संख्या २७८ पुग्यो

सुर्खेत: कर्णालीमा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र स्वास्थ्य कर्णाली प्रदेश अस्पताल /पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा थप १६ जना संक्रमित देखिएको हो ।

कर्णाली प्रदेश सामाजीक विकास मन्त्रालयका अनुसार दैलेख र कालिकोटका ७/ ७ र सल्यानका २ जनामा कोरोना संक्रमण देखिएको हो । यो सँगै कर्णाली प्रदेशमा हालसम्म संक्रमितको संख्या २७८ पुगेको कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी गराउनुभयो ।

सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, सुर्खेत को फोटो।

प्रकाशित | २१ जेष्ठ २०७७, बुधबार १३:३०