राष्ट्रपति भण्डारीद्धारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले मंगलबार मन्त्रिपरिषद् बैठकको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि ) सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७७ जारी गर्नुभएको हो ।


प्रकाशित | ३० मंसिर २०७७, मंगलवार १५:४२