युके एजुकेसन फेयर सम्पन्न, सयौ विद्यार्थीले गरे २५ बेलायती शैक्षिक संस्था सँग साक्षात्कार

काठमाडौं : एसआइयुके नेपालले दि लार्जेस्ट युके एजुकेसन फेयर २०२२ सफलतापुर्वक सम्प्नन गरेको छ। यही जेष्ठ २८ गते शनिवार दि एभरेष्ट होटल काठमाण्डौंमा उक्त शैक्षिक मेलाको आयोजना गरिएको थियो।

कार्यक्रममा एनआरएन प्रेसिडेन्ट कुल आचार्य, अध्यक्ष डा. बद्री केसी, महासचिव केशव पौडेल, एसआई युके इन्डियाका ग्लोबल बिजनेस डेभलपमेन्ट म्यानेजर प्रदीप अधिकारी, एस आई युके नेपालका डिरेक्टर बिनय अधिकारीको लगायत अन्य थुप्रै उच्च पदस्त व्यक्तित्व हरुको उपस्थिती रहेको थियो।

No description available.

फेयरको एनआरएनए अध्यक्ष आचार्यले पानसमा बत्ती बाली कार्यक्रमको औपचारिक समुद्घाटन गर्नु भएको थियो ।

No description available.

मेलामा एस आई युके इंडियाका ग्लोबल बिजनेस डेभलपमेन्ट म्यानेजर प्रदीप अधिकारीको पनि सहभागिता थियो ।  शैक्षिक मेलामा २४ भन्दा बढी बेलायतका कलेज, पाथ वे प्रोभाईडर, विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाका प्रतिनिधिहरुले १ हजार चार भन्दा बढी विद्यार्थीहरुलाई परामर्श प्रदान गरेको अधिकारीले जानकारी दिनु भयो ।

No description available.

शैक्षिक मेलामा उपस्थित बेलायत पढ्न जान इच्छुक विद्यार्थीहरूले एकै छाना मुनी बेलायतका प्रत्यक्ष उत्कृष्ट विश्वविद्यालय संग साक्षात्कार गराउन पाउँदा मेला सफल भएको डाइरेक्टर अधिकारीले बताउनु भयो ।


प्रकाशित | २९ जेष्ठ २०७९, आईतवार १८:३६