मन्त्री भट्टराईको निर्णय कार्यान्वयन, हवाई भाडामा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट

काठमाडौं : नेपाल एयरलाइन्सले ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले आजैबाट लागू हुने गरी ७० वर्ष कटेका ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले आफ्नो योजना सार्वजनिकको क्रममा ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने निर्णय सार्वजनिक गरेका थिए । मन्त्री भट्टराईका सो निर्णयको कार्यान्वयनको शुरुवात सरकारी स्वामित्वको कम्पनीबाटै गर्ने उद्देश्यअनुसार उक्त निर्णय भएको हो ।


प्रकाशित | १ आश्विन २०७६, बुधबार १५:००