रुपन्देहीमा गोली चल्योः ३५ वर्षीय कुर्मीको मृत्यु

बुटवलः रुपन्देहीको ओमसतिया गाउँपालिका ५ मा गोली चल्दा एक जनाको मृत्यु भएको छ । आइतबार दिउँसो भैरहवा परासी सडक खण्डको रोहणी गाउँपालिका -३ बैकुण्ठपुरमा गोली चल्दा ३५ वर्षीय महेन्द्र कुर्मीको मृत्यु भएको हो । मोटरसाइकलमा आएकाहरूले उनीमाथि गोली प्रहार गरेको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

बैंकबाट रकम झिकेर आउने क्रममा रहेका कुर्मीलाई मोटरसाइकलमा आएको समूहले गोली हानेर भारतीय सिमाना तर्फ लागेको स्थानियहरुले बताएको र खोजी कार्यलाई तिब्रता दिइएको इस्पेक्टर केशव ज्ञवालीले नेपालतारालाई जानकारी दिनुभयो ।


प्रकाशित | २९ भाद्र २०७६, आईतवार १६:३०