काठमाण्डौको गोलढुंगामा गोली चल्यो

काठमाण्डौ : काठमाण्डौको गोलढुंगामा गोली चलेको छ । प्रहरीले गोली हानेर गुण्डागर्दीमा संलग्न भएको आरोपमा साजन गुरुङलाई पक्राउ गरेको छ । गुरुङलाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि प्रहरीले गोली चलाएर पक्राउ गरेको हो । उनी गुण्डागर्दीमा संलग्न भएको आरोपमा प्रहरीको सर्वाधिक खोजीमा रहेका थिए ।

महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोलीले गुरुङलाई पक्राउ गर्ने क्रममा दुई राउण्ड गोली प्रहार गरेको जनाएको छ । गोली प्रहारबाट घाइते भएका गुरुङको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । ।


प्रकाशित | २७ भाद्र २०७६, शुक्रबार १८:२२