‘एनआरएनए यूकेको निर्वाचनबाट अत्यधिक बहुमतले विजयी हुनेमा ढुक्क छौ’

लन्डन : गैर आवासीय नेपाली संघ (एनआरएनए ) यूके अध्यक्षको बलियो उम्मेदवार पुनम गुरुङले टिमभित्रको इमानदारीता, नम्रता र शिष्टताले बेलायतबासी नेपाली समुदायको मन मस्तिस्ष्कमा बस्न सफल भएको बताउनुभएको छ । पुनमले भन्नुभएको छ, ‘हाम्रो टिम आडम्बर होइन नंम्रताले, जोस मात्र होइन होस समेतले, घमण्डले होइन शीष्टताले सम्पूर्णजनको मन मस्तिष्कमा बस्न सफल भएको छ ।’

बेलायतबासी नेपाली माझ चुनावी अभियान लिएर घरदैलोमा पुग्दा हामीप्रति अत्यन्तै उत्साहीत रहेको पाइएको बताउँदै पुनमले भन्नुभयो, ‘हाम्रो यो सामूहिक प्रयासस्वस्प तयार भएको टिमप्रति हातेमालो गर्न बेलायतबासी नेपाली समुदाय तम्तयार हुनुहुन्छ ।’

सामूहिक पहल कदमीबाटै १३ हजार भन्दा यूकेमा सदस्यता बनाउँदै विश्वको सबैभन्दा ठूलो एनसिसी बनाउन सफल भएको बताउँदै पुनमले भन्नुभयो, ‘सबै शहरहरुमा छरिएर रहनु भएको हजारौ नेपालीमाझ चुनावी घोषणापत्र बाँडन सफल भएका छौ, सबैबाट अति नै सकारात्मक र उत्साहबद्र्धन रुपमा हातेमालो गर्न तयार भएको पाएका छौ ।’

टिमको उत्साहलाई वास्तावीक शक्ती, नतिजा र परिणाममा बदल्ने महान जिम्मेवारी आएको भन्दै पुनमले टिमभित्रको बलियो एकतालाई अझ मजबुत बनाउँदै एकले थुकी सुकी सयौले थुकी नदी भनेजस्तै भावनाले अगाडि बढ्नुपर्ने बताउनुभयो ।

महिनौ देखिको सामूहिक मेहनतलाई १४ सेम्टेम्बरका दिन शक्तीमा परिणत गर्ने दिन आएको भन्दै पुनमले भन्नुभयो, ‘हाम्रो खटाइको अन्तिम धक्काले हामी पूर्ण सफलता हासिल गर्नेछौ र अत्यधिक बहुमतबाट विजयी हुनेछौ ।

चुनावी मौदानमा होमिदाको जोस, उत्साह तथा जाँगर र खटाईलाई कती पनि कमी आउँन दिन नहुने भन्दै पुनमले चुनावी अभियानको क्रममा अह्रोरात्र खटिरहनु हुने स्वंयमसेवकलगायत सबैप्रती विशेष धन्यवाद ज्ञापन गर्नुभयो ।’चुनावी अभियानमा घर परिवार, दिन रात नभनी खट्नु हुने सबैप्रति मनको गहिराई देखि नै धन्यवाद ज्ञापन गर्न चाहान्छु’,पुनमले भन्नुभयो ।


प्रकाशित | २७ भाद्र २०७६, शुक्रबार १७:३९