भक्तपुरको मेयरमा २६ हजार मतान्तरले प्रजापति विजयी, सबै पदमा नेमकिपाका उम्मेदवार निर्वाचित

काठमाडौं : भक्तपुरको भक्तपुर नगरपालिकाका सबै पदमा नेमिकिपाले जित हासिल गरेको छ । नेमकिपाले मेयरदेखि वडा सदस्यसम्मका सबै पदमा विजय हासिल गरेको हो ।

मेयरमा नेमकिपाका सुनील प्रजापतिले २९ हजार २०० मत प्राप्त गर्दै निर्वाचीत हुनु भयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले ३३५२ मत पाएका छन् ।

त्यस्तै, मेयरमा नेकपा एमालेका रवीन्द्र लाछिमस्यूले दुई हजार ८३७, राप्रपाका बद्री लाखाजुले ११३८, माओवादी केन्द्रका तुल्सीभक्त सुवालले ७४२, राष्ट्रिय जनमोर्चाका रामभक्त किजुले ४१४ र जनता समाजवादी पार्टीका राजाराम ढुकुछुले १२१ मत पाउनु भयो ।

उपमेयरमा नेपाल मजदुर किसान पार्टीकै रजनी जोशीले २९ हजार ६९५ मत ल्याएर निर्वाचित हुनु भयो । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रञ्जना खर्बुजाले २७८४, नेकपा एकीकृत समाजवादीका ओमचरण अमात्यले १७४२, राप्रपाकी लक्ष्मी छुस्याबागले ११८० मत ल्याउनु भएको छ ।


प्रकाशित | २ जेष्ठ २०७९, सोमबार १३:३५