मलेसिया रोजगारी खुल्यो

गोपाल संग्रौला/ काठमाडौं

मलेसियामा २ देशबीच लगातार ३ दिनसम्म चलेको छलफलपछि लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने भएको छ ।नेपाली पक्षले राखेको श्रमिकमैत्री शर्तहरूपालना गर्ने र स्वास्थ्य परीक्षणको सिन्डिकेट अन्त्य गर्ने जनाउदै मलेसिया र नेपाल नेपाली श्रमिक माग तथा आपुर्ती गर्ने बिषयमा सहमतिमा पुगेका हुन्।

मलेसियाको रोजगारी खुलाउने विषयमा श्रम सम्झौतापछि गठन गरिएको दुई देशको प्राविधिक टालीले मंगलबारदेखि मलेसियास्थित पुत्राजयमा छलफल गरेका थिए ।छलफलले आइतबाट पूर्व स्वीकृति र केही दिनभित्रै अन्तिम श्रम स्वीकृति लिएर नेपाली श्रमिकमलेसिया जाने विषयमा टुंगो लगाएको छ ।२०५७ कात्तिक ११ मा नेपाल र मलेसियाबीच श्रम सम्झौता भएपनि स्वास्थ्य परीक्षण गर्ने संस्थाको छनोटमा बीचौलियाको दबाबमा रोजगारी खुल्न सकेको थिएन । बाहिर सार्वजानिक नगरिएपनि मलेसियाको मेडिकलमा दुवै देशका बीचौलियाले चलखेल गरी सीमित संस्थाले मात्र पाउनुपर्ने जनाउदै आएका कारण मलेसिया रोकिएको थिए ।

२ दिनसम्म छलफल गर्ने पूर्वनिर्धारित तालिकमा गएको नेपाली टोलीले मेडिकल गर्ने संस्थामा सिन्डीकेट अन्त्य हुनुपर्ने माग राखेपछि सोही बिषयमा थप छलफल गर्न १ दिनको समय बढाइएको थियो ।

मलेसियाले पठाएको स्वास्थ्य संस्थाको मापदण्डअनुसार नेपालले १२२ संस्थाको सूचिकरण गरेपनि यही बिषयमा २ देशबीच सहमति नभएपछि छलफल थप १ दिन लम्बिएको थियो ।मलेसिया र नेपाल सरकारले कामदार पठाउने सम्बन्धमा बीचौलियाको प्रवेशलाई मान्यता नदिने बताउँदै आएपनि दुवै देशका बिचौलियाले मेडिकलको सिन्डिकेट कायम राख्न उच्च तहसम्म दबाब दिँदै आएका थिए ।

मेडिकलको सिन्डीकेट अन्य गर्ने सहमतिसँगै अब मलेसिया जाने श्रमिक शून्य लागत, बिमा, बिदा, समयमा तलब दिने लगायतका अधिकारसहित नयाँ प्रक्रियाबाट मलेसिया जान पाउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतले जनाएको छ । नेपाली युवा बिना शर्त र अनावश्यक झन्झट सहित मलेसिया जान पाउने बाटो खुलेको छ । मन्त्रलय स्रोतका अनुसार नोभेम्बर पहिलो हप्ता मलेसियान टोली नेपाल आउने भएको छ ।

श्रम सम्झौतामा उल्लेख गरिएका विषयमा सहमति भएपछि नेपाली श्रमिकका लागिआइतबारदेखि प्रक्रिया पुगेका कागजातका आधारमापूर्वश्रम स्वीकृतिको काम सुरु हुने छ । विगत १५ महिनादेखि मलेसियाको रोजगारी बन्द भएका कारण लाखौंश्रमिक रोजगारीबाट बन्चित भएका थिए । मलेसियाको रोजगारी खुलाउन मलेसियाली उच्च अधिकारीको निमन्त्रणमा नेपालबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा टोली मलेसिया गएको थियो ।

सहसचिव घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।मन्त्रालयले मलेसिया रोजगारीको लागि मापदण्ड पुगेका सबै स्वास्थ्य संस्थाले कामदारको स्वास्थ्य परीक्षण गर्न पाउनुपर्ने माग नेपाली प्रतिनिधिले छलफलमा राखेको जनाएको छ ।

छलफलमा पहिलो चरणमा ८० भन्दा बढी स्वास्थ्य संस्थामा श्रमिकको स्वास्थ्य परीक्षण गराउनेसहमति भएको छ ।गत जेठमा मलेसिया जाने नेपाली श्रमिकमाथि चर्को सेवा शुल्क लिएको जनाउदैश्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मलेसिया जाने प्रक्रियामा सुधार गर्ने जनाउदै रोकेका थिए । मन्त्रालयले अवैधानिक रूपमा खडा भएका बायोमेट्रिक, भीएलएन, माइग्राम, आईसी र जीएससी संस्था खारेजी गरेको थियो ।


प्रकाशित | २७ भाद्र २०७६, शुक्रबार ०९:३१