विदेशमा रहेका नेपालीलाई खाना र बस्ने व्यवस्था गर्न दूतावासलाई निर्देशन

काठमाडौं : कोरोना भाइरसले विश्वव्यापी रुपमा लिइरहँदा विदेशमा रहेका नेपालीलाई खाना र बस्नको ब्यवस्था गर्न सरकारले निर्देशन दिएको छ । बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादव र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विभिन्न देशमा रहेका दूतावाससँग भिडियो कन्फरेन्स गर्दै खाना र बस्नको ब्यवस्था गर्न निर्देशन दिनुभएको हो ।

वार्तामा कोरोनाका कारण नेपाल फर्किने अवस्था नरहेको जानकारी सम्बन्धित देशमा रहेका नेपाली नागरिकलाई जानकारी गराउन दूतावासहलाई भनिएको थियो ।  साथै, नेपालीको मनोबल खस्कन नदिन कुनै कसर बाँकी नराखी काम गर्न निर्देशन दिइएको थियो ।

परराष्ट्र मन्त्रालयमा भएको भिडियो कन्फरेन्समा पाँचवटा देशका दूतावासले सहभागिता जनाएका थिए । जसमा मलेसिया, इजरायल, जापान, दक्षिण कोरिया र दक्षिण अफ्रिकाका दूतावासबीच भिडियो वार्ता भएको छ ।


प्रकाशित | १२ चैत्र २०७६, बुधबार १९:३९