एनआरएनए जापानको नवनिर्वाचीत कार्यसमितिद्धारा पदभार ग्रहण

टोकियो : गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । आज एक कार्यक्रमकाबीच पुरानो कार्यसमितिबाट पद हस्तान्तराण तथा नवनिर्वाचीत कार्यसमितिलाई शपथ खुवाउँदै पदभार ग्रहण गराइएको हो ।

आइतबार भएको निर्वाचनबाट नवनिर्वाचीत नयाँ कार्यसमितिलाई आज पदभार ग्रहण गराइएको हो । जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको थियो ।

त्यस्तै, आइसिसी सदस्यहरुमा तुलसी राम खरेल र डिपी कँडेल निर्विरोध निर्वाचीत हुनुभएको छ ।    वरिष्ठ उपाध्यक्षमा अनिता गुरूङ, महिला उपाध्यक्षमा सविता श्रेष्ठ, उपाध्यक्षहरुमा लक्ष्मण बरीयाल, लक्ष्मी बानीयाँ र नारायण खडका, युवा उपाध्यक्षमा नवीन निउरे निर्वाचीत हुनुभएको छ ।

क्षेत्रीय उपाध्यक्षमा दिपक केसी, महासचिवमा जनक विक्रम शाही, क्षेत्रीय सचिवमा विकास बस्नेत, सचिवमा टिका राम खरेल, विष्णु प्रसाद घिमिरे, कोषाध्यक्षमा कालीका थापा, सहकोषाध्यक्षमा सचिन श्रेष्ठ, युवा संयोजकमा राम थापा, महिला संयोजकमा संगीता अधिकारी निर्वाचीत हुनुभएको छ ।

त्यस्तै, कार्यसमिति सदस्यहरु क्रमश राजेश खनाल, सुरेन्द्र घिसिङं, बाबुराम खरेल, महेश कुमार कटुवाल, दिल राम गैरे, सिबु  थापा, जीवन कुमार गुरुङ, महिला सदस्यमा अञ्जु भण्डारी निर्वाचीत हुनुभएको छ ।

सो कार्यक्रममा आइसिसी प्रवत्ता भूषण घिमिरे, एनआरएनए एसिया प्याशिफिक संयोजक किरण विक्रम थापा,  उपसंयोजक पारसमणी पोखरेल, आइसिसी युवा संयोजक सुदन थापा, आइसिसी सदस्य महेश श्रेष्ठ, कपीलदेव थापालगायतको सहभागिता थियो ।


प्रकाशित | २४ भाद्र २०७६, मंगलवार १३:५१