एनआरएनए अध्यक्षका उम्मेदवार पन्त र आचार्य सँगसँगै, दुवै अध्यक्षका उम्मेदवार नेदरल्यान्डमा

नेदरल्यान्ड : गैर आवासीय नेपाली संघ (एनआरएनए ) का उपाध्यक्षद्धय कुमार पन्त र कुल आचार्य नेदरल्यान्ड आइपुग्नु भएको छ । आगामी नवौ महाधिवेशनमा अध्यक्षको दौडमा रहनु भएको पन्त र आचार्य दुवै नेदरल्यान्ड आइपुग्नु भएको हो ।

दुवै उपाध्यक्ष आगामी विश्व सम्मेलनमा अध्यक्षको दौडमा हुनुहुन्छ । दुई कार्यकाल उपाध्यक्ष भइसक्नु भएको पन्त र एक कार्यकाल उपाध्यक्ष भइसक्नु भएको आचार्यले अध्यक्षमा उठ्ने भएपछि विश्व दौडलाई जारी राख्नुभएको हो ।

कतार र मलेसियाको अधिवेशनमा सँग सँगै रहनु भएको पन्त र आचार्य त्यसपछि पन्त साउदी अरव पुग्नु भयो भने आचार्य जापानको अधिवेशनमा पुग्नुभयो । साउदीमा रहनु भएको पन्त र जापानमा रहनु भएको आचार्य दुवैको भेट फेरि यूकेमा भयो । यूकेको अधिवेशनमा सहभागि भएर आजै मात्र नेदरल्यान्डको अधिवेशनमा सहभागि बन्न यहाँ आइपुग्नु भएको हो ।

यूकेमा पुग्नु भएको एनआएनए आइसिसी उपाध्यक्षका उम्मेदवार मन केसी र यूरोप संयोजक शिव कुमार बरुवाल पनि नेदरल्यान्डमा आइपुग्न् भएको छ । गैर आवासीय नेपाली संघको विश्व सम्मेलन आगामी अब्टोवर १५ देखि १७ तारिखसम्म काठमाडौंमा हुँदैछ ।


प्रकाशित | २२ भाद्र २०७६, आईतवार १६:५८