एनआरएनए जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित

टोकियो: गैर आवासीय नेपाली संघ (एनआरएनए ) जापानको अध्यक्षमा देवीलाल भण्डारी निर्वाचित हुनुभएको छ । भण्डारीले ५८५ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचीत हुनुभएको हो । भण्डारीको निकटम प्रतिद्धन्द्धी टाँसी वाग्दी लामाले ५५३ मत प्राप्त गर्नुभयो ।

पाँच जनाको उम्मेदवारीमा एक जनाको उम्मेदवारी फीर्ता लिएकोमा चार जनाको प्रतिस्पर्धा भएको थियो । कुल २५५५ मतदाता रहेको जापानमा १६२३ मत खसेको थियो ।  अध्यक्षका अर्का उम्मेदवारद्धय शिव प्रसाद पौडेलले २४० र दिनेश कुमार गुरूङले २३३ मत प्राप्त गर्नुभयो ।आइसिसी सदस्यहरुमा तुलसी राम खरेल र डिपी कँडेल निर्विरोध निर्वाचीत हुनुभएको छ ।

त्यस्तै, वरिष्ठ उपाध्यक्षमा अनिता गुरूङ निर्वाचीत हुनुभएको छ । गुरूङ (लामा ) ले ८८२ मत प्राप्त गर्दै वरिष्ठ उपाध्यक्षमा निर्वाचीत हुनुभएको हो । महिला उपाध्यक्षमा सविता श्रेष्ठ निर्विरोध निर्वाचीत हुनुभएको छ । उपाध्यक्षहरुमा लक्ष्मण बरीयाल, लक्ष्मी बानीयाँ र नारायण खडका निर्विरोध निर्वाचीत हुनुभएको छ । युवा उपाध्यक्षमा नवीन निउरे निर्विरोध निर्वाचीत हुनुभएको छ ।
क्षेत्रीय उपाध्यक्षमा भने दिपक केसी ६१ मत प्राप्त गर्दै निर्वाचीत हुनुभएको छ ।

त्यस्तैगरि महासचिवमा जनक विक्रम शाहीले ७९२ मत प्राप्त गर्दै विजयी हुनुभयो । क्षेत्रीय सचिवमा विकास बस्नेत ६९ मत प्राप्त गर्दै निर्वाचीत हुनुभएको छ । सचिवमा टिका राम खरेल, विष्णु प्रसाद घिमिरे निर्विरोध हुनुभएको छ ।

कोषाध्यक्षमा कालीका थापा निर्विरोध निर्वाचीत हुनुभएको छ । सहकोषाध्यक्षमा सचिन श्रेष्ठ ९९८ मत प्राप्त गर्दै निर्वाचीत हुनुभयो । युवा संयोजकमा राम थापा ८८७ मत प्राप्त गर्दै निर्वाचीत हुनुभएको छ । महिला संयोजकमा पनि संगीता अधिकारी निर्विरोध भइसक्नु भएको छ ।

त्यस्तै, कार्यसमिति सदस्यहरु आठ जनामा राजेश खनाल (६६३ मत ), सुरेन्द्र घिसिङं (८०० मत ), बाबुराम खरेल (६१५ मत ), महेश कुमार कटुवाल ( ५५४ मत ), दिल राम गैरे (६२७ मत) , सिबु  थापा (५९८ मत ), जीवन कुमार गुरुङ ( ६३४ मत ) निर्वाचीत हुनुभएको छ । एक महिला सदस्यमा भने अञ्जु भण्डारी निर्विरोध निर्वाचीत हुनुभएको छ ।


प्रकाशित | २२ भाद्र २०७६, आईतवार १४:४६