३ सय ६५ रन ! वेस्ट इन्डिजको विश्व कीर्तिमान !

एजेन्सी : एक दिवसीय क्रिकेट ईतिहासमा वेष्ट इण्डिजले नयाँ कीर्तिमान कायम गरेको छ । वेष्ट इण्डिजले एक दिवसीयतर्फ ओपनिङ साझेदारीमा सर्वाधिक स्कोर बनाउन सफल भएको हो । त्रिदिशीय सिरिजमा आयरल्याण्डविरुद्व वेस्ट इण्डिजका शाही होप र जोन कामबेलले पहिलो विकेटका लागि ३ सय ६५ रनको साझेदारी गर्दै कीर्तिमान रचेका हुन् ।

यसअघि, एक दिवसीय क्रिकेटमा पाकिस्तानका फकर जमान र इमा उल हकले ३ सय ४ रनको साझेदारी गर्दै कीर्तिमान कायम गरेका थिए । वेस्ट इण्डिजकाले कीर्तिमान बनाउन पहिलो विकेटका लागि ३ सय ६५ रनको साझेदारी गरेको थियो । दुवै खेलाडीले ४७ औ ओभरमा सो कीर्तिकान कायम गरेका हुन् । वेस्ट इन्डिजका लागि शाही होपले १ सय ७० रन तथा कामबेलले १ सय ७९ रन बनाए । एक दिवसीय खेलमा दुवै ओपनरले १ सय ५० रन बनाएको यो पहिलो पटक हो ।


प्रकाशित | २३ बैशाख २०७६, सोमबार ०८:१६