एनआरएनए अध्यक्षका उम्मेदवार कुमार पन्त साउदी अरवमा

साउदी अरव: गैर आवासीय नेपाली संघ (एनआरएनए ) साउदी अरवको सातौ अधिवेशन आज हुँदैछ । मध्य पूर्वमा रहेको एनआरएनए साउदी अरवको अधिवेशन आज हुन लागेको हो । अधिवेशनमा  एनआरएनए अध्यक्षका उम्मेदवार कुमार पन्तले सम्बोधन गर्नुहुनेछ ।

पन्त हिजौ राति साउदी अरव पुगिसक्नु भएको छ । अध्यक्षका उम्मेदवार पन्त विश्व सम्मेलन नजिकिएसँगै आफनो विश्व दौडमा ब्यस्त हुनुहुन्छ । पन्तले यसअघि मध्य पूर्वको कतारको अधिवेशनमा सहभागी हुँदै एसिया प्रशान्त क्षेत्रको मलेसिया पुग्नु भएको थियो । मलेसियाबाट फर्किएसँगै पन्त फेरि साउदी पुग्नु भएको हो ।

विश्व दौडको क्रममा पन्तले यसअघि अमेरिका, यूरोपेनीयन मुलुक, ओसेनीय क्षेत्रको भ्रमण गरिसक्नु भएको छ । यूरोप संयोजक हुँदै आइसिसी महासचिव र दुई पटक उपाध्यक्ष भइसक्नु भएको पन्त आगामी विश्व सम्मेलनमा अध्यक्षको उम्मेदवार हुनुहुनछ ।


प्रकाशित | २० भाद्र २०७६, शुक्रबार ०८:१८