रेडक्रसका स्वयंसेवकहरुलाई विपद् प्रतिकार्यका लागि सामुदायिक पहल प्रशिक्षण

भक्तपुर: नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाद्धारा संचालित उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रम अन्तर्गत संचालित विपद् प्रतिकार्यका लागि सामुदायिक पहल प्रशिक्षण सम्पन्न भएको छ । मध्यपुर थिमि नगरपालिका अन्तर्गतका कार्यक्रमको लक्षित समूह, नेपाल प्रहरी, रेडक्रसका स्वयम्सेवकहरुलाई खोज तथा उद्धार सम्वन्धी ज्ञान, सीप र क्षमता अभिबृद्धि गर्ने र पहिलो उद्धारकर्ता तयार गरी समुदायमा हुने विपद्का समयमा खोज तथा उद्धार सेवालाई प्रभावकारी बनाउन उद्देश्यले भाद्र ५ देखि भाद्र ८ गतेसम्म संचालित प्रशिक्षणमा ६ पुरुष र १७ महिला गरी २३ जनाको सहभागिता रहेको थियो भने सोहि प्रशिक्षण भक्तपुर नगरपालिका अन्तर्गतका कार्यक्रमको लक्षित समूह र रेडक्रसका स्वयम्सेवकहरु लाइ भाद्र ९ देखि भाद्र १२ गतेसम्म संचालन गरिने छ ।

प्रशिक्षणमा तालिमको परिचय, घटिरहने विपद् र सामुदायिक उद्वार कर्ता समुह, पारिवारिक सुरक्षा एंव प्रतिकार्यका लागि तयारी र घटना निर्देश प्रणाली, आधारभूत जिवन सुरक्षा, प्राथमिक उपचार र ट्रियाज, शव व्यवस्थापन, आग्लागी, आधारभूत खोज तथा उद्वार विधि, पानीजन्य आपत्काल र परिस्थितिजन्य आपत्काल लगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक रुपमा अभ्यास गरीएको थियो ।

समापन कार्यक्रममा प्रमुख अतिथि महानगरिय प्रहरी परीसरका प्रहरी उपरिक्षक सबिन प्रधानले प्रमाणपत्र वितरण गर्नुहुदै यस तलिमको महत्व बताउनु भयो र नेपाल रेडक्रस सोसाइटीले विपद् ब्यवस्थापनको क्षेत्रमा गरेको कामबारे प्रसंसा गर्दै आफुपनि विपद् प्रतिकार्यका लागि सामुदायिक पहल प्रशिक्षणको अनुगमन टोली सदस्य भएको जानकारी गराउनु भयो । कार्यक्रममा अतिथिको रुपमा राष्ट्रिय अनुसन्धान कार्यलयबाट सुरेन्द्र कोइरालाको उपस्थिति रहेको थियो र सहभागीहरुलाइ प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

कार्यक्रमको सभापतित्व गर्नुभएको भक्तपुर जिल्ला शाखाका सभापति मनोजकुमार थापाले रेडक्रसले प्रदान गर्ने मानवीय सेवाका बारेमा र विपद् जोखिम ब्यवस्थापनको क्षेत्रमा विपद् प्रतिकार्यका लागि सामुदायिक पहल प्रशिक्षणद्वारा उद्धारकर्ता तयार गरी समुदायमा हुने विपद्को समयमा खोज तथा उद्धार सेवालाई प्रभावकारी बनाउन यस तलिमको महत्व रहेको बताउनुभयो । उहाँले समुदायमा कुनैपनि विपद्को अवस्थामा पहिलो उद्धारकर्ता समुदाय आफै हुने भएकोले समुदायमानै जनशक्ति तयार गर्नका लागी यो तलिम संचालन गरिएको भन्ने कुरा पनि बताउनु भयो । कार्यक्रममा अतिथिको रुपमा भक्तपुर जिल्ला शाखाका मन्त्री परशुराम पाण्डे, भक्तपुर जिल्ला शाखाका कार्यसमिति सदस्य धर्मराज कार्की र सुरज मिश्र साथै उत्थानशील नगर प्रबद्र्धन र सहभागिता कार्यक्रमको जिल्ला संयोजक नीलम ढुंगाना रहनु भएको थियो ।

आगलागी कसरी नियन्त्रण गर्ने भन्ने जनचेतना प्रदान गर्न केन्द्रिय कार्यालयबाट आउन’ भएका सैलेन्द्र थापाले आध’निक भि.आर क्यामरा प्रविधिको (ख्ष्चतगब िच्भबष्तिथ) प्रयोग बारेमा छलफल र सहभागीलाइ अभ्यास पनि गराएका थिए. आधुनिक प्रविधिबाट विपद् जोखिम न्यूनिकरणमा स्थानीय समुदायको क्षमता बढाउने उद्धेश्यले नेपाल रेडक्रस सोसाइटी र कोरियन रेडक्रसको साझेदारीमा प्रविधिमा आधारित ( Virtual Reality Based ) विपद् व्यवस्थापन कार्यक्रम सञ्चालन भइरहेको छ ।

नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाद्धारा बृटिश रेडक्रसको आर्थिक सहयोगमा भक्तपुर र मध्यपुर थिमी नगरपालिकामा सेप्टेम्बर २०१६ देखि अगष्ट २०२१ सम्मको लागि उत्थानशील नगर प्रवद्र्धन र सहभागिता कार्यक्रम संचालन भइरहेको छ ।


प्रकाशित | ९ भाद्र २०७६, सोमबार ०८:२३