हालसम्म ४८ हजार ५ सय ४ जना नेपाली कोरोना संक्रमणबाट मुक्त : एनआरएनए

काठमाडौं – नेपाल सहित ५९ हजार ४ सय ११ जनामा कोरोना संक्रमण देखिएकोमा हालसम्म ४८ हजार ५ सय ४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । तीमध्ये ८३ प्रतिशत अर्थात ४८ हजार ५ सय ४ जना कोरोना संक्रमणबाट मुक्त भएको एनआरएनए स्वास्थ्य समितिका संयोजक डा संजीव सापकोटाले जानकारी दिनुभयो ।

समितिका अनुसार यो साता संक्रमणका कारण ज्यान गुमाउने गैर आवासीय नेपालीको संख्या शून्य छ । शनिवार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भए पनि अन्य देशमा भने कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ ।

विश्वका ३८ देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् । हालसम्म नेपाल सहित विश्वभर २ सय ९३ जना नेपालीको कोरोना भाइरसले ज्यान गइसकेको छ ।

कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की नेदरल्याण्ड, स्वीडेन, भारत, साउथअफ्रिका लगायतका देशमा रहेका नेपालीहरुको ज्यान हो ।


प्रकाशित | ३२ श्रावण २०७७, आईतवार १३:२१