आजको मौसम कस्तो छ ? कहाँ कहाँ पर्दैछ पानी ?

काठमाडौँः आज देशका अधिकांश क्षेत्रको मौसम आंशिक बदली हुने भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिम र मध्य क्षेत्रमा भने आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको छ । पूर्वको पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । पश्चिम र मध्यका केही स्थान तथा पूर्वका एक–दुई ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविदले बताएका छन् । काठमाडौँ उपत्यकासहितका क्षेत्रको मौसम पनि आंशिक बदलीको अवस्थामा रहने जनाइएको छ । देशका विभिन्न स्थानमा बेलुकातिर हावाहरी चल्न सक्ने भएकाले सचेत रहन आग्रह गरिएको छ ।


प्रकाशित | ९ जेष्ठ २०७६, बिहीबार १०:३९