युरोपियन च्याम्पियन्स लिग फुटबल : टोटनह्यामसँग म्यानचेस्टर सिटी स्तब्ध

एजेन्सी : युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनल अन्तर्गत पहिलो लेगमा टोटनह्यामले म्यानचेस्टर सिटीलाई पराजीत गरेको छ ।  सिटीलाई पराजित गर्न सन हेङ मिनले खेलको अन्त तिर गरेको एकमात्र गोल निर्णायक बन्यो।  मंगलबार राति भएको खेलमा माउरिसिओ पोचेटिनोको टोटनह्यामले घरेलु मैदानमा सुरुवातबाटै सिटीविरुद्ध निकै सानदार प्रदर्शन गर्यो। पहिलो हाफमा गोल रहित बराबरी भएको खेल दोस्रो हाफमा थप रोमाञ्चक रह्यो। खेलको ७८ औँ मिनेटमा मिनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाए।

त्यसपछि खेलमा सिटीले गोलका केहि प्रयासहरु गरेपनि सफल भएन्। प्रिमियर लिगमा उपाधि होडमा रहेको तथा लिग कपको उपाधि जितेको पेप गार्डिवलाको सिटीको सेमिफाइनल सम्भवना भने कायमै छ । त्यसका लागि उसले दोस्रो लेगमा टोटनह्यामलाई २–० ले पराजित गर्नु पर्ने  छ ।


प्रकाशित | २७ चैत्र २०७५, बुधबार ०७:३३