एनआरएनए क्यानडाको अध्यक्षमा चिरन्जिवी घिमिरे निर्वाचित

क्यानडा : गैर आवासिय नेपाली संघ क्यानडा अध्यक्षमा चिरन्जिवी घिमिरे निर्वाचीत हुनुभएको छ । घिरिमेको अध्यक्षमा १३ सदस्यीय नयाँ कार्र्यसमिति चयन भएको हो । (२०१७-२०१९ ) कार्यकालमा महासचिवको जिम्मेवारी वहन गर्नुभएको घिमिरे आगामी कार्यकालको लागि अध्यक्षमा निर्वाचीत हुनुभएको हो । साथै यसअघि घिमिरेले सचिव र उपाध्यक्षको पदको जिम्मेवारी समेत बहन गरिसक्नु भएको छ । पेशाले नर्स रहनु भएको घिमिरे झन्डै एक दशकदेखी स्थायी रुपमा क्यानाडा बसोबास गर्दै आउनुभएको छ ।

 यस्तै, उपाध्यक्षमा स्कार्बोरो क्षेत्रबाट निर्बाचित हेमन्त थापा (उज्वल), सस्काचुन, बिसी, एड्मन्टन, क्याल्गरीबाट अर्जुन कुमार विश्वकर्मा र मिसीसागाबाट बिजय पौडेल निर्वाचीत हुनुभएको छ । महासचिवमा ब्राम्टोनबाट निर्वाचित पिताम्बर भट्टराई, सचिवमा फडिन्द्र श्रेष्ठ र कोषाध्यक्षमा टोरोन्टोका सरोज भट्टराई निर्वाचित हुनुभएको छ ।

त्यस्तैगरी, एनसीसी सदस्यहरुमामा ब्राम्टोनबाट नेत्र खतिवडा (दिनेश), क्याल्गेरीबाट अनन्त आचार्य, मिसिसागाबाट तुला भट्टचन, सास्काचुनबाट देबेन्द्र सुबेदी, मनिटोवाबाट शुशिल दोरङा, ब्रिटीस कोलम्बीयबाट शरद शेरचन चयन भएका छन् । निर्वाचन समितिले पुर्व अध्यक्षहरु तुल्सी सापकोटा र गोपी कृष्ण काफ्लेलाई आईसिसी सदस्यमा मनोनित गरेको छ । त्यस्तै, निर्वाचीत कार्यसमितिको पहिलो बैठकले रिक्त चार पदमा चारलाई मनोनयन गरेको छ । जसअनुसार युवा विभागमा ईश्वर खत्री, महिला विभागमा सुजाता गूरुगं, अटोवा क्षेत्रबाट सन्तोष बराल र पश्चिम अन्टारियोबाट रविन्द्र घिसिगंलाई मनोनीत गरिएको छ ।

बैठकले नेत्र खतिवडालाई प्रवक्तामना चयन गरेको छ । कार्यक्रममा एनआरएनए आइसिसी उपाध्यक्ष कुल आचार्य, आइसिसी सल्लाहकार हरिबोल भण्डारी, अमेरिकाज क्षेत्रका संयोजक गौरीराज जोशी, पूर्व अमेरिका अध्यक्ष डा. केशव पौडैल, अमेरिका अध्यक्ष सुनील साह र आइसिसी सदस्य बेद राज बस्नेतलगायत सहभागी हुनुहुन्थ्यो ।


प्रकाशित | १ भाद्र २०७६, आईतवार ११:२२