जोरपाटीमा समाज डेन्टल हस्पिटलको शाखा बिस्तार हुँदै, शनिवार औपचारिक उद्घाटन

काठमाडौँ -“दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता”भन्ने उदेश्य का साथ समाज डेण्टल हस्पिटलको ९ औं शाखा बौद्ध -जोरपाटी मा भएको छ । समाज डेण्टल हस्पिटलले आफ्नो स्थापनाको २३ औं वार्षिक उत्सवको अवसरमा बौद्ध -जोरपाटी  सेवा बिस्तार गरेको हो ।

समाज डेण्टल हस्पिटलका प्रबन्धक सबिन घिमिरिले एतिहासिक धार्मीक , सांस्कृतिक शहर बौद्ध जोरपाटी क्षेत्रमा पनि आफ्नो सेवा विस्तार गर्न पाउदाँ खुसी लागेको बताए । सामान्य शुल्कमा गुणस्तरीय सुबिधा दिने उदेश्यका साथ शाखा स्थापना गरिएको घिमिरेले बताउनु भयो।

यहि चैत्र २५ गते एक बिशेष समारोहका बीच उदघाटन हुने शाखाको सोही दिन सम्पुर्ण सेवाहरुमा ५०प्रतिशत छुट र बाँकी चैत्र महिना र बैशाख महिना भरि १५ प्रतिशत छुट दिने जानकारी  प्रबन्धक घिमिलेले दिनुभयो ।

समाज डेण्टल हस्पिटलले २३ बर्ष देखि दाँत तथा मुख सम्वन्धी रोगको उपचार गर्दै आएको छ । काठमाडौँको नयाँ बानेश्वरबाट सुरु भएको डेण्टलको शाखाहरु बानेश्वर ,सनसिटि, पेप्सिकोला , बसुन्धरा चौकी ,गठाघर ,राधेराधे भक्तपुर ,बिपि अस्पताल र बनेपामा रहेको छ ।


प्रकाशित | २२ चैत्र २०७९, बुधबार ११:२१